समाचार

संसद्को बजेट अधिवेशन आजदेखि (कार्यसूची)

काठमाडौँ । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको वर्षे अर्थात बजेट अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यही वैशाख २० गते संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेअनुरुप सदनको बजेट अधिवेशन प्रारम्भ हुन लागेको हो । नयाँवानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आज अपराह्न २ बजेका लागि आह्वान भएको अधिवेशनमा उपस्थितिका लागि सबै सांसद सदस्यलाई सङ्घीय संसद् सचिवालयले यसअघि नै सार्वजनिक सूचना …

पुरा पढ्नुहॊस »

संसदमा प्रस्तुत हुने रणनीति बनाउन कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको संसदीय दलको बैठक शुक्रबार बिहान बस्दैछ । बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बिहान साढे ८ बजे बस्नेछ । बैठकले संसदमा कसरी प्रस्तुत हुने भन्ने विषयमा निर्णय गर्ने सासद श्यामकुमार घिमिरेले जानकारी दिए । कांग्रेसले सहकारी अनियमितता प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन हुनुपर्ने माग राख्दै आएको छ । यसअघि बिहीबार बस्ने भनिएको बैठक स्थगित गरिएको थियो । पूर्वमन्त्री समेत रहेका कांग्रेसका …

पुरा पढ्नुहॊस »

आज अक्षय तृतीया, सनातन धर्मावलम्बीका लागि विशेष दिन

काठमाडौं । वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया । सनातन धर्मावलम्बीका लागि विशेष दिन । यो दिन पवित्र तलाउ र नदीमा स्नान गरी भगवान् विष्णुको पूजा आराधना गर्ने विधान छ । ब्रह्मा-विष्णु-महेश्वरको आवाहन गरी घडा र जौको सातुलगायत शीतलता प्रदान गर्ने वस्तु दान गर्नाले अक्षय फल प्राप्त हुने पुराणमा उल्लेख छ । यस्तै छाता, जुत्तालगायत वस्तु पनि दान गर्ने परम्परा छ । पुण्य मिल्ने विश्वासमा बाटोमा सर्वत र सातु राखेर …

पुरा पढ्नुहॊस »

मन्त्रिपरिषद् बैठकमा उपेन्द्र यादव अनुपस्थित !

काठमाडौंं । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री प्रचण्डको अध्यक्षतामा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका बैठक सुरु भएको हो । बैठकमा दैनिक प्रशासनिक कामकारबाहीबारे आवश्यक निर्णय हुनुका साथै शुक्रबारदेखि सुरु हुने बजेट अधिवेशनका विषयमा पनि आवश्यक छलफल हुने बुझिएको छ । यस्तै कांग्रेसले माग गर्दै आएको संसदीय छानबिन समिति लगायतका विषयमा बैठकमा छलफल हुनसक्ने एक मन्त्रीले बताए । मन्त्रीपरिषद बैठकमा उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादव मन्त्रीपरिषद् बैठकमा अनुपस्थित भएका …

पुरा पढ्नुहॊस »

राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित ४ पक्राउ (नामसहित)

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–६ सरस्वतीनगर कपन बस्ने ३८ वर्षीय माधव त्रिपाठी, दक्षिणकाली नगरपालिका–८ बस्ने १९ वर्षीय सविन पौडेल, कागेश्वर महनरा बस्ने २० वर्षीय सितेशकुमार यादव र काठमाडौँ थली बस्ने २३ वर्षीय रोशन रानाभाट रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । उनले भने ‘हिजो …

पुरा पढ्नुहॊस »

बाल सङ्गठनका पूर्वपदाधिकारीलगायत २० जना विरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ । काठमाडौँको नक्सालस्थित बाल मन्दिरको जग्गा हिनामिना प्रकरणमा बाल सङ्गठनका पूर्वपदाधिकारी लगायत २० जना विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सङगठनका पूर्वपदाधिकारीदेखि सो जग्गामा व्यापारिक गतिविधि सञ्चालन गर्ने घरानाका सदस्य समेतका नाममा जिल्ला अदालत काठमाडौँबाट पक्राउ पुर्जी जारी भएको केन्द्रीय अनुसन्धान व्यूरो (सिआईबी) का प्रवक्ता एवं प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए । उनले भने ‘बाल मन्दिरको जग्गा हिनामिना प्रकरणमा अदालतबाट हामीलाई पक्राउ गर्न अनुमति प्राप्त भएको छ, …

पुरा पढ्नुहॊस »

कार्यक्रम के हो मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम ?

काठमाडौं । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र काठमाडौेंले मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सञ्चालन गरिरहेको छ । कार्यक्रम काठमाडौंका विभिन्न स्थानमा हरेक बुधबार बिहान ८ देखि १० बजेसम्म सञ्चालन गर्ने गरिएको हो । नेपालमा नसर्ने रोग विशेष गरी मुटु तथा रक्तनलीको समस्या, दम, मधुमेह, क्यान्सर र सोबाट हुने मृत्युदर दुई तिहाई भन्दा बढी रहेको छ । स्वस्थ व्यक्तिमा नसर्ने रोगहरु र तिनका जोखिमहरु समयमा नै पहिचान गरी उचित परामर्श, परीक्षण, निदान र …

पुरा पढ्नुहॊस »

कांग्रेसले स्व.नेता गुरुङको सम्मानमा पार्टीको झण्डा आधा झुकाउने

काठमाडौँ । नेपाली कांग्रेसले पूर्वकेन्द्रीय सदस्य, संविधानसभा सदस्य एवं पूर्वमन्त्री सूर्यमान गुरुङको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको आकस्मिक बैठकले उनको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । बैठकले नेता गुरुङको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि अर्पण गरेको छ । साथै दिवङ्गत आत्माको चीरशान्तिको कामना साथ शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ । स्व गुरुङप्रति सम्मान प्रकट गर्दै बैठकले शोक कार्यक्रमअन्तर्गत …

पुरा पढ्नुहॊस »

कोशीको मुख्यमन्त्रीमा आफैंलाई निरन्तरता दिन माग गर्दै केदार कार्की सर्वोच्च अदालतमा

काठमाडौं । कोशीको मुख्यमन्त्रीमा आफैंलाई निरन्तरता दिन माग गर्दै केदार कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । प्रदेश प्रमुखले बुधबार साँझ मुख्यमन्त्रीका लागि आह्वान गरेका थिए। बिहीबार सर्वोच्च अदालतमा सुनुवाइ बन्द छ । उता कोशीमा भने एमालेका हिक्मत कार्की मुख्यमन्त्री नियुक्त भइसकेका छन् । सपथ गराउने कार्यक्रम तय भइसकेको छ । आफू संविधानको धारा १६८ को उपधारा ५ अनुसारको मुख्यमन्त्री भएकाले आफू नै मुख्यमन्त्रीमा निरन्तर काम गर्न पाउनु पर्ने …

पुरा पढ्नुहॊस »

सप्तरीमा नेपाल बैंकका सुरक्षा गार्डको हत्या

काठमाडौं । सप्तरीमा नेपाल बैंकमा कार्यरत सुरक्षा गार्डको हत्या भएको छ। सप्तकोशी नगरपालिका १ फत्तेपुरस्थित शाखामा सुरक्षा गार्डमा कार्यरत फत्तेपुर २ का ५५ वर्षीय परशुराम फुँयालको गएराति खुकुरी प्रहारबाट हत्या भएको हो। बिहीबार बिहान करिब सवा ६ बजेतिर शव फेला परेपछि स्थानीयले प्रहरीलानई खबर गरेका थिए। सुरक्षा गार्ड फुयाँल राति ड्युटीमा थिए। हत्या कसले र किन गयर्उो भन्ने खुलिसकेको छैन। थप अनुसन्धान गरिरहेको सप्तरी प्रहरी कार्यालयका डीएसपी ढुण्डिराज न्यौपानेले बताए। …

पुरा पढ्नुहॊस »
This Ad will close automatically in seconds