गृहमन्त्रीको राजीनामा माग्दै काठमाडौंमा तरुण दलको प्रदर्शन

काठमाडौं । सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै नेपाल तरुण दलले प्रदर्शन गरेको छ । बुधवार सङ्गठनले माइतीघरदेखि बिजुली बजारसम्म र्‍यालीसहित प्रदर्शन गरेको हो ।

सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि कारबाही गरिनुपर्ने, संसदीय समिति बनाइनुपर्ने, बचतकर्ताको रकम फिर्ता गर्नुपर्नेलगायतका माग तरुण दलको छ ।

माइतीघरमा भेला भएका तरुण कार्यकर्ताको र्‍याली बानेश्वरमा आएर कोणसभामा परिणत भएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री