१६औं पञ्चवर्षीय योजनाको महत्वकांक्षी लक्ष्य- ‘आर्थिक वृद्धिदर ७.३ प्रतिशत पुग्छ’

कठमाडौं । राष्ट्रिय योजना आयोगले आर्थिक वर्ष (आव) २०८५/०८६ सम्म नेपालको आर्थिक वृद्धिदर ७.३ प्रतिशत पुर्‍याउने लक्ष्यसहितको योजना सार्वजनिक गरेको छ । यस्तै गरिबीको रेखामुनि रहेको जनसंख्या १२ प्रतिशतमा झार्ने पनि आयोगको लक्ष्य छ ।

बुधबार सार्वजनिक गरिएको १६ औं पञ्चवर्षीय योजना आव २०८१/८२-२०८५/८६० मा उक्त लक्ष्य लिइएको छ । हाल नेपालको आर्थिक वृद्धिदर (२०७९/८०) ३.९ प्रतिशत छ ।

उक्त योजनामा आव २०८१/८२ मा नेपालको वार्षिक आर्थिक वृद्धिदर ६ प्रतिशत हासिल गर्ने लक्ष्य राखिएको छ । यस्तै, आव २०८२/८३ मा ६.६ प्रतिशत, आव २०८३/८४ मा ७.४ प्रतिशत, आव २०८४/८५ मा ७.९ प्रतिशत र आव २०८५/८६ मा ७.२ प्रतिशत वार्षिक आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखिएको छ ।

समग्रमा औसत आर्थिक वृद्धिदर ७.१ प्रतिशत कायम गर्ने १६औं पञ्चवर्षीय योजनाको लक्ष्य छ । उक्त पञ्चवर्षीय योजना भने मन्त्रिपरिषद्बाट स्वीकृत भइसकेको छ ।

त्यस्तै आव २०८५/८६ सम्म प्रतिव्यक्ति आय वार्षिक २ हजार ३५१ अमेरिकी डलर पुर्‍याउने योजना छ ।सो अवधिसम्ममा नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) १०० खर्ब रुपैयाँभन्दा माथि पुर्‍याउने लक्ष्य पनि छ ।

मुद्रास्फीति ५ प्रतिशतभित्र कायम राख्ने लक्ष्य छ। यस्तै औसत आयु ७३ वर्ष र साक्षरता ८५ प्रतिशत पुर्‍याउँदा बेरोजगारी दर ५ प्रतिशतमा सीमित गर्ने १लक्ष्य छ ।

यस्तै विद्युत उत्पादन ११ हजार ७६९ मेगावाट र विद्युत् पहुँच शतप्रतिशत जनसंख्यामा पुर्‍याउने र इन्टरनेट ९० प्रतिशत जनसंख्यामा पुर्‍याउने लक्ष्य छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

विश्वासको मत लिँदै गण्डकीका मुख्यमन्त्री पाण्डे, अंकगणित छैन सरकार अनुकूल

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे प्रदेश सभाबाट विश्वासको मत लिँदैछन् । विश्वासको मत …

प्रतिकृया दिनुहॊस