दोलखामा मलामी सवार बोलेरो पल्टियो, १४ घाइतेमध्ये ९ जनाको अवस्था गम्भीर

दोलखा । दोलखाको मेलुङ गाउँपालिका-१ पवटीमा मलामी बोकेको बोलेरो गाडी दुर्घटना हुँदा घाइते भएका १४ जना मध्ये ९ को अवस्था गम्भीर रहेको छ ।

छिमेकी शैलुङ गाउँपालिका वडा नम्बर ८ ढाँडे कुनेबाट मलामी र दाउरा लिएर तामाकोशी तर्फ गुडेको बागमती प्रदेश ०१, ०२६ च ९८१३ नम्बरको बोलेरो गाडी सत्यश्वर–सिम्टे सडक खण्डको भटमासेमा दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

घाइते सबै सबै शैलुङ-८ ढाँडे र कुने आसपासका भएको बताइएको छ । ओरालो सडकमा दाउरा र क्षमता भन्दा बढी मानिस सवार भएकाले ब्रेक फेल भएर अनियन्त्रित भई गाडी दुर्घटना भएको अनुमान गरिएको छ ।

स्थानीयबासीले घाइतेको उद्धार गरी सदरमुकाम चरिकोट तर्फ पठाएको मेलुङ-१ का वडाध्यक्ष ईश्वर कोइरालाले जानकारी दिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

उपनिर्वाचनको मौन अवधि सुरु, के-के गर्न पाइँदैन ?

काठमाडौं । स्थानीय तह उपनिर्वाचनको मौन अवधि शुक्रबारदेखि सुरु भएको छ । निर्वाचन आयोगले निर्वाचन …

प्रतिकृया दिनुहॊस