समाचार

कांग्रेस सांसद पौडेल र मेयर बालेनबीच भेटवार्ता

काठमाडौँ । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेल र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच बिहीबार भेटघाट भएको छ । भेटघाटमा कांग्रेस सांसद प्रदीप पौडेलले बुधवार प्रतिनिधि सभामा दर्ता गरेको सङ्कल्प प्रस्ताव तथा समग्र महानगर र काठमाडौं क्षेत्र नम्बर ५ को विषय, महानगरको आगामी आर्थिक वर्षका लागि तय हुने नीति, कार्यक्रम तथा बजेटबारे छलफल भएको नेता पौडेलले बताए । भेटमा चक्रपथ निर्माण अलपत्र भएको अहिलेको अवस्थामा तत्काल तीनै तहका सरकार …

पुरा पढ्नुहॊस »

सामुदायिक विद्यालयले भाडामा लगाएका सटर बन्द गर्ने बालेनको निर्णयमा अदालतको ब्रेक

काठमाडौं । उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाभित्रका सामुदायिक विद्यालयले भाडामा लगाएका सटरहरु बन्द नगर्न आदेश दिएको छ । बिहीबार उच्च अदालत पाटनका न्यायाधीश लेखनाथ पौडेलको इजलासले सटर बन्द नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो । आगामी असार ७ गतेसम्मका लागि सामुदायिक विद्यालयहरुले भाडामा लगाएका सटरहरु बन्द नगर्न भनिएको छ । साथै उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने निर्णयका लागि असार ७ गते दुवै पक्षलाई छलफलमा बोलाएको छ …

पुरा पढ्नुहॊस »

गोदामबाट २० लाखको सामान चोरी गर्ने तीन पक्राउ

काठमाडौं । राजधानीको एक गोदामबाट २० लाख भन्दा बढीको सामान चोरी गर्ने ३ जना पक्राउ पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको एक टोलीले राजधानीको कोटेश्वरस्थित आहाना इन्टरप्राइजेजको गोदामबाट चोरी गर्ने ३ जनालाई पक्राउ गरेको हो । उनीहरु तीनै जनालाई कोेटेश्वरबाट पक्राउ गरिएको पनि जनाएको छ । कार्यालयका अनुसार उक्त गोदामबाट २० लाख २४ हजार भन्दा बढीको सामान चोरी गर्ने सिन्धुपाल्चोक त्रिपुरासुन्दरीका सोनु गदाल, भक्तपुर ठिमी–१ लोकन्थलीका …

पुरा पढ्नुहॊस »

नारायणगढ-मुग्लिन सडकखण्डका २५ स्थानमा पहिरोको उच्च जोखिम

काठमाडौं । नारायणगढ-मुग्लिन सडकखण्डका २५ ठाउँमा पहिरोको जोखिम रहेको पाइएको छ । भरतपुरस्थित डिभिजन सडक कार्यालयले २५ स्थानमा जोखिम रहेको जनाएको छ । कार्यालयका अनुसार तीमध्ये चार स्थान उच्च र सात ठाउँ कम जोखिममा छन् । मौरी पुल, नाम्सी पुल, कालीखोला र तुइन पुल क्षेत्रमा पहिरोको उच्च जोखिम छ । यस्तै, पहिरोको कम जोखिम भएका गाईघाट, डुम्रे पुल, घुमाउने, सिमलताल, जलवीरेमा पनि पहिरोको जोखिम छ ।

पुरा पढ्नुहॊस »

ताप्लेजुङमा पहिरोले ट्याक्टर पुर्‍यो, २५ वर्षीय युवकको घटनास्थलमै मृत्यु

काठमाडौं ।  ताप्लेजुङको सिरिजंगामा पहिरोले ट्याक्टर पुरिँदा २५ वर्षीय युवकको मृत्यु भएको छ । पाँचथरको फिदिम नगरपालिका–१४, लुङ्रुपा घर भइ निर्माणाधीन काबेली तेस्रो हाइड्रोपावर परियोजनामा कार्यरत २५ वर्षीय सविन राईको पहिरोमा पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ । परियोजनास्थल सिरिजङ्गा गाउँपालिका–७ खेबाङको सिरिसेतर्फ सामान बोकेर जाँदै गरेको मे. १ त ७९६९ नम्बरको ट्याक्टरलाई सडकमाथिबाट झरेको पहिरोले पुर्दा राईको घटनास्थलमै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक कमलकुमार …

पुरा पढ्नुहॊस »

प्रतिनिधि सभाको बैठक आज पनि, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दैछ । संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा विनियोजक विधेयकमाथि छलफल हुनेछ । आजको बैठकमा सांसद प्रेम सुवालले विनियोजन विधेयक, २०८१ अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय शीर्षकको खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नेछन् ।

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज मनमा शान्ति छाउनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । मनोरञ्जनमा सहभागिता भइनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता पनि मिल्ला । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

काठमाडौंको ठुलो भर्‍याङमा महिला मृत फेला

काठमाडौं । काठमाडौंको ठुलोभर्‍याङमा एक महिला मृत फेला परेकी छन्। नागार्जुन नगरपालिका–३ ठुलोभर्‍याङ चोक नजिकै बाटोमा अन्दाजी ५५ वर्षीया महिलाको शव फेला परेको हो। उनको नाम, थर, वतन खुलिनसकेको प्रहरीले जानकारी दिएको छ। प्रहरीले थप अनुसन्धान गरिरहेको छ।  

पुरा पढ्नुहॊस »

काठमाडौँमा अत्यधिक गर्मी, मनसुन भित्रिन अझै ३ दिन लाग्ने

काठमाडौं । उपत्यकामा गर्मी अत्याधीक बढेको छ । बितेका ३० वर्षको तथ्याङ्कको आधारमा यो महिना काठमाडौंको सरदर अधिकतम तापक्रम २९ दशमलव ४ डिग्री सेल्सियस पुगेको छ । गएका दुई दिनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्वचालित मौसम मापन केन्द्रमा ३४ दशमलव ४ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ । गएको वर्षको जुन १० तारिखमा काठमाण्डौको अधिकतम तापक्रम ३३ दशमलव ३ डिग्री सेल्सियस थियो । यसैबीच गत सोमवार कोशी प्रदेशबाट नेपाल भित्रिएको मनसुन …

पुरा पढ्नुहॊस »

प्रधानमन्त्री बन्नेबारे सोचेर बस्दिनँ : माधव नेपाल

काठमाडौं । सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफू प्रधानमन्त्री पदका लागि मरिहत्ते नगर्ने बताएका छन् । जनताको हितलाई केन्द्रबिन्दुमा राखेर हिँडेकाले त्यसबारे आफूले नसोचेको दावी गरे । समाजवादी प्रेस संगठन नेपाल कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले भने, ‘जनताको चाहना र अपेक्षालाई, राष्ट्रका मागलाई ध्यानमा राखेर चल्नु पर्छ भन्ने हो । त्यसकारण प्रधानमन्त्री बन्छु कि बन्दिनँ भनेर २४ घण्टा त्यसमा सोच्दिनँ ।’ अध्यक्ष नेपालले यसअघि पनि …

पुरा पढ्नुहॊस »