काठमाडौँमा अत्यधिक गर्मी, मनसुन भित्रिन अझै ३ दिन लाग्ने

काठमाडौं । उपत्यकामा गर्मी अत्याधीक बढेको छ । बितेका ३० वर्षको तथ्याङ्कको आधारमा यो महिना काठमाडौंको सरदर अधिकतम तापक्रम २९ दशमलव ४ डिग्री सेल्सियस पुगेको छ ।

गएका दुई दिनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्वचालित मौसम मापन केन्द्रमा ३४ दशमलव ४ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ । गएको वर्षको जुन १० तारिखमा काठमाण्डौको अधिकतम तापक्रम ३३ दशमलव ३ डिग्री सेल्सियस थियो ।

यसैबीच गत सोमवार कोशी प्रदेशबाट नेपाल भित्रिएको मनसुन शनिबारसम्ममा उपत्यकामा आइपुग्ने भएको छ । मनसुन शनिवारसम्ममा उपत्यका आइपुग्ने सम्भावना रहेको त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

मनसुन पूर्वी नेपालबाट भित्रिएर झन्डै एक हप्तामा देशभर फैलन्छ । जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाण्डौ उपत्यकामा आज सामान्य बादल लागे पनि पानी पर्ने सम्भावना भने निकै कम छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

३६ उपसचिवको सरुवा, फेरिए १२ जिल्लाका सीडीओ (सूचीसहित)

काठमाडौं । गृह मन्त्रालयले ३६ उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ । सरुवा अनुसार १२ …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds