समाचार

टी-२० विश्वकप : नेपालविरुद्ध बंगलादेश १०६ रनमा अलआउट

काठमाडौँ । बंगलादेशले नेपाललाई १०७ रनको लक्ष्य दिएको छ । जारी टी-२० विश्वकपको समूह डी अन्तर्गतको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको बंगलादेशले १९.३ ओभरमा अल आउट हुँदै १०६ रन बनाएको हो । बंगलादेशका लागि शकिब अल हसनले सर्वाधिक १७ रन बनाए भने महमुदुल्लाह र रिशाद होसैनले १३-१३ रन बनाएका थिए । त्यस्तै जाकेर अलीले १२ र लिटन दासले १० रन बनाएका थिए । त्यस्तै यस खेलमा नेपाली बलरले शानदार …

पुरा पढ्नुहॊस »

‘वैदेशिक रोजगारीमा मृत्यु भएका श्रमिकका परिवारलाई दिने क्षतिपूर्ति १० लाख पुर्‍याइने

काठमाडौं । श्रम तथा रोजगार मन्त्री डिपी अर्यालले वैदेशिक रोजगारीमा गएर मृत्यु भएका श्रमिकका परिवारले पाउने क्षतिपूर्ति बढाउने तयारी गरिएका बताएका छन् । आइतबार श्रम मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा सय दिनको उपलब्धि सुनाउँदै श्रम मन्त्री अर्यालले वैदेशिक रोजगारीमा गएर मृत्यु भएका श्रमिकका परिवारलाई दिदै आएको क्षतिपूर्ति रकम ७ लाखबाट बढाएर १० लाख पुर्‍याउने तयारी भइरहेको जानकारी गराएका हुन् । उनले मन्त्रालयको जिम्मेवारी सम्हालेको सय दिनका उपलब्धि सुनाउँदै मन्त्रालयबाट तत्काल …

पुरा पढ्नुहॊस »

मिडिया काउन्सिल विधेयकलाई संविधानको मर्मअनुरूप अगाडि बढाउन सुझाव

काठमाडौँ । प्रेस काउन्सिल नेपालले ‘मिडिया काउन्सिलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’लाई संविधानको मूल मर्म र भावनाअनुरूप अगाडि बढाउन सुझाव दिएको छ । राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिको आजको बैठकमा ‘मिडिया काउन्सिल विधेयक, २०८०’बारे प्रेस काउन्सिलसँगको छलफलका क्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले संविधानमा उल्लेख भएको पूर्ण प्रेस स्वतन्त्रताको मर्म विपरीत सरकारले मिडिया काउन्सिल विधेयक ल्याएको भन्दै आपत्ति जनाए । उनले भने, ‘मिडिया काउन्सिल विधेयकको प्रस्तावनामै नभएको र …

पुरा पढ्नुहॊस »

कृषि सहकारीमा ९४ करोड २३ लाख अपचलन गर्ने अध्यक्ष र सञ्चालक पक्राउ, नम्बर र लोकेसन बदल्दै बस्थे

काठमाडौं । बचतकर्ताहरूको रकम अपचलन गरेको आरोपमा प्रहरीले कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसहित चार जना सञ्चालक र व्यवस्थापकहरूलाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरूलाई पक्राउ गरी सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनका क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले पक्राउ पर्नेहरूमा वर्ष ४३ का तेजविक्रम थापा, वर्ष ४४ की सजना राजकर्णिकार, वर्ष ४७ का सञ्जय सापकोटा, वर्ष ५३ का भीमसेन …

पुरा पढ्नुहॊस »

चितवनमा हतियार देखाएर पसलबाट सुनचाँदी र नगद लुटपाट, चार जना पक्राउ

काठमाडौं । चितवनको कालिका नगरपालिका–६ खोलेसिमल बजारमा रहेको एक सुनचाँदी पसलमा लुटपाट भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिबार राति पौने नौ बजे विनोद सुनारको सुनचाँदी पसलबाट दुई जना व्यक्ति आएर करिब तीन किलो सुन, ३५ किलो चाँदी र २ लाख नगद लुटपाट गरेका हुन् । उनीहरुले पेस्तोल जस्तो वस्तु देखाएर सुनचाँदी र नगद लुटेर भागेको प्रहरीले जनाएको छ । लुटपाट गर्नेहरुले पसलमा रहेको सीसीटीभीको हार्डडिस्क पनि लगेका …

पुरा पढ्नुहॊस »

मेयर बालेन शाहको चेतावनी- नगरसभामा कांग्रेस-एमालेको धङधङी बोकेर नआउनू

काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन शाहले नगरसभा स्थगित भएपछि आक्रोश पोखेका छन् । नगरसभाको बैठकमा एमाले र कांग्रेसका जनप्रतिनिधिहरूले बहिस्कार गरेपछि मेयर शाह आक्रोशित भएका हुन् । आर्थिक वर्ष २०८१/८२ का लागि जेठ ३२ गते प्रस्तुत भएका वार्षिक नीति तथा कार्यक्रममाथि छलफल गर्न बोलाइएको बैठक बहिस्कार भएको छ । मेयर शाहले सामाजिक सञ्जालमार्फत ३ जना नेताले गर्दा १६० जना जनप्रतिनिधिको बोल्ने अधिकार हनन भएको बताए । ‘काठमाडौँ महानगरको कुनै …

पुरा पढ्नुहॊस »

बागमती किनारमा भेटियो युवकको शव, पहिचान खुल्न बाँकी

काठमाडौं । रौतहटको पूर्विभेग राजदेवी नगरपालिका-५ पताहिटोल गढैयास्थित बागमती नदी किनारमा पानीले बगाएर ल्याएको अवस्थामा एक युवकको शव फेला परेको छ। पहिचान खुल्न नसकेका अन्दाजी २५ वर्षीय तराई मुलका युवकको शव नदी किनारमा घोप्टो परेको अवस्थामा शनिबार साँझ फेला परेको हो। जिल्ला प्रहरी कार्यालय रौतहटबाट इन्स्पेक्टर उमाशंकर प्रसाद गुप्ताको नेतृत्वको टोलीले शवको मुचुल्कालगायत प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न गरेको रौतहट प्रहरी प्रवक्ता डीएस्पी एलिजा गिरीले बताइन्। शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल …

पुरा पढ्नुहॊस »

क्याम्पस प्रमुख हत्याको विरोधमा देशभरका सामुदायिक क्याम्पस बन्द

काठमाडौं । बारामा क्याम्पस प्रमुखको हत्या भएको विरोधमा आज देशभरका सामुदायिक क्याम्पसहरू बन्द भएका छन् । शुक्रबार साँझ बाराको रामराजा मोहनविक्रम साह बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको हत्या भएको विरोधमा नेपाल पब्लिक क्याम्पस संघले शनिबार विज्ञप्ति जारी गर्दै हत्यारा पत्ता लगाएर कारबाहीको दायरामा ल्याउन माग गर्दै देशभरका सामुदायिक क्याम्पस बन्द गर्ने घोषणा गरेको थियो । संघको आह्वानमा आइतबार सामुदायिक क्याम्पसहरूले पठनपाठन ठप्प पारेका हुन् । संघले विज्ञप्तिमार्फत दोषीलाई यथाशीघ्र कानुनी …

पुरा पढ्नुहॊस »

महिला सेलमा कार्यरत जवान करिश्मा मृत फेला

काठमाडौं । जिल्ला प्रहरी कार्यालय सिराहामा प्रहरी जवान मृत भेटिएकी छन् । महिला सेलमा कार्यरत जवान करिश्मा सुनार शौचालयमा झुण्डिएको अवस्थामा फेला परेकी हुन् । झुण्डिएको अवस्थामा शौचालयमा भेटिएको सुनारको शव पोस्टमार्टमका आफन्त आएपछि मात्रै हुने सिराहाका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले जानकारी दिए । प्रजिअ दाहालका अनुसार आफन्त आइनपुगेकाले शौचालयको ढोका समेत खोलिएको छैन । आफन्त आइपुग्न लागेको जानकारी पाएको बताउँदै त्यसपछि मात्रै अन्य प्रक्रिया अगाडी बढ्ने उनले बताए …

पुरा पढ्नुहॊस »

अब पशुपतिनाथ मन्दिरका चारवटै ढोका खुला

काठमाडौं । पशुपतिनाथ मन्दिरका चारवटै ढोका बिहान ४ बजे नै खोलिएका छन् । पशुपतिनाथ मन्दिरमा दशनार्थीको सङ्ख्या बढ्दै गएकोले चारवटै ढोका खोलिएको हो । सबैले बिहानको समयमा पशुपतिनाथका चारवटै ढोकाबाट दर्शन गर्न पाउन भन्ने उद्देश्यका साथ आजदेखि पशुपतिनाथको चारवटै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए । उनले भने, ‘यसअघि पशुपतिनाथ मन्दिरमा भट्टहरु प्रवेश गरेपछि बिहान ८:३० बजेपछि मात्रै बाँकी तीन वटा ढोका खोलिने गरिएकामा आजदेखि …

पुरा पढ्नुहॊस »