समाचार

जातीय विभेदलाई सम्बोधन गर्न सरकारले अपनाएका उपायहरू अपर्याप्त : एम्नेस्टी इन्टरनेशनल

काठमाडौँ । सरकारले अपनाएका उपायहरू जातमा आधारित विभेदलाई सम्बोधन गर्न अपर्याप्त र अपूर्ण भएको एम्नेस्टी इन्टरनेशनलले एक प्रतिवेदन जारी गरेको छ । शुक्रवार काठमाडौंमा एक कार्यक्रमकाबीच एम्नेस्टी इन्टरनेसनलले यस्तो प्रतिवेदन सार्वजनिक गरेको हो । दलित र विशेष गरी दलित महिला तथा बालबालिकाहरूलाई प्रणालीगत जातमा आधारित विभेदबाट राज्यले संरक्षण गर्न सफल हुन नकसेको पनि प्रतिवेदनमा उल्लेख छ । एम्नेस्टी इन्टरनेसनलले दलित बिरुद्धको प्रणालीगत जातमा आधारित विभेदमा तत्काल कारबाही गर्न आवश्यक रहेको …

पुरा पढ्नुहॊस »

दरबारमार्गबाट ९८ लाखसहित पक्राउ परेका दुई युवक सुन तस्करीमा संलग्न

काठमाडौं । काठमाडौँ महानगरपालिका-५ स्थित दरबारमार्गबाट स्रोत नखुलेको ९८ लाखसहित पक्राउ परेका दुई युवक यसअघि सुन तस्करीमा संलग्न देखिएका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बिहान २८ वर्षीय समीर सुनार र २९ वर्षीय मिलन विकलाई पक्राउ परेको थियो । रुपन्देहीको सियारी गाउँपालिका घर भएका उनीहरु दुबै यसअघि सुन तस्करीमा फरार अभियुक्त रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले जानकारी दिएका छन् । बिहीबार उनको बा.१३ च ४८५८ नम्बरको …

पुरा पढ्नुहॊस »

लगानी सहजीकरण र सुरक्षित गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

नवलपरासी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उद्योगी–व्यवसायी लगायत लगानीकर्ताको मनोबल उच्च राख्दै देशको आर्थिक रूपान्तरणमा गति दिन सरकार प्रतिबद्ध रहेको बताएका छन् । लक्ष्मी मोटर कर्पोरेसनको ‘हुन्डाई मोटर एसेम्बलिङ’ शुभारम्भ कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आर्थिक विकास गरेर देशलाई समृद्धिको यात्रामा आगाडि बढाइने बताए । निजी क्षेत्रलाई विश्वासमा लिएर अर्थतन्त्र सुदृढीकरण गरिने बताउँदै प्रधानमन्त्रीले लगानी सहजीकरण गर्न सरकार प्रतिबद्ध रहेको दाबी गरे । ‘निजी क्षेत्रको लगानी एवं राज्य र …

पुरा पढ्नुहॊस »

तारले रुखमा बाँधेर जलाइएको अवस्थामा भेटियो युवकको शव

काठमाडौं । काभ्रेमा रुखमा बाँधेर जलाइएको अवस्थामा एक जना पुरुषको शव फेला परेको छ । काभ्रेको पाँचखाल नगरपालिका-४ मा रुखमा बाँधेर जलाइएको अवस्थामा पुरुषको शव फेला परेको हो । फेदी र जिरोकिलोको बीच भागमा पूर्णरुपमा जलेको अवस्थामा पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । तारले रुखमा बाँधेर जलाइएको अवस्थामा शव फेला परेको छ । शवको पहिचान हुन सकेको छैन । शवको प्रकृति हेर्दा घटना ५/६ दिन …

पुरा पढ्नुहॊस »

अन्ततः रवि लामिछानेलाई संसद्‌मा बोल्न दिने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले संसद बैठकमा गृहमन्त्री रवि लामिछानेसहितका शीर्ष नेतालाई बोल्ने दिने भएको छ । बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले रविसहितका नेताहरूलाई संसदमा बोल्न दिने र त्यसपछि भने संसद अवरुद्ध गर्ने निर्णय गरेको हो । कांग्रेसले सहकारी मुद्दामा लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग गर्दे सदन अवरोध गर्दै आएको छ । गृहमन्त्री लामिछानेले यस विषयमा संसद्को रोष्टममा आफूले प्रष्टीकरण दिन पाउनुपर्ने अडान लिइरहेका थिए । कांग्रेस बैठकले लामिछानेलाई …

पुरा पढ्नुहॊस »

भवन उदघाटन गर्न प्रधानमन्त्री सल्यान जाँदा पालिकाभर बिदा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गाउँपालिकाको भवन उदघाटन गर्न सल्यान जाँदै छन् । दार्मा गाउँपालिकाको प्रशासकीय भवन उदघाटन गर्न प्रधानमन्त्री प्रचण्ड नेपाली सेनाको हेलिकप्टरबाट सल्यान जान लागेका हुन् । प्रधानमन्त्री आउँदा दार्मा गाउँपालिकाले गाउँपालिकाभर सार्वजनिक बिदा दिएको छ । गाउँपालिका अन्तर्गतका सबै सरकारी कार्यालय र विद्यालयहरुमा बिदा दिइएको गाउँपालिका अध्यक्ष निमबहादुर केसीको भनाई छ ।

पुरा पढ्नुहॊस »

उपत्यकामा हुँदैछ ४ दिनसम्म विद्युत् अवरुद्ध (सूचनासहित)

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा नयाँ कन्डक्टर तार जडान गर्न लागेकोले विद्युत् अवरुद्ध हुने भएको छ । आयोजना व्यवस्थापन निर्देशनालय अन्तर्गत सञ्चालित १३२ केभी प्रसारण कन्डक्टर अपग्रेडिङ्ग आयोजनाले स्युचाटार सवस्टेशनदेखि मातातीर्थ सवस्टेशनसम्म रहेको १३२ केभी भोल्टेज स्तरको प्रसारण लाईनको पुरानो तारलाई बदली गर्ने कार्य गर्न लागिएको हो ।

पुरा पढ्नुहॊस »

दरबारमार्गबाट ९८ लाख रुपैयाँसहित दुई जना पक्राउ

काठमाडौँ । काठमाडौँको दरबारमार्गबाट प्रहरीले हुन्डीको ९८ लाख रकम सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने दुवैजना बुटवल घर भएका पुरुष रहेको प्रहरी स्रोतको भनाई छ । प्रहरीले उनीहरूको नाम सार्वजनिक गरेको छैन । घटनाबारे उपत्यका अपराध अनुसन्धान कार्यालयमा पत्रकार सम्मेलन गरेर जानकारी गराइनेछ । दरबारमार्ग स्थित जय नेपाल हल नजिक गाडीमा रकम लिएर हिँडेको अवस्थामा आरोपीहरू पक्राउ परेका हुन् ।

पुरा पढ्नुहॊस »

कालीगण्डकी किनारमा दुर्गाबहादुरको शव फेला

काठमाडौं । स्याङ्जाको चापाकोट नगरपालिका-९, का एक युवकको शव कालीगण्डकीमा फेला परेको छ । चापाकोट-९ बैडी बस्ने ३० वर्षिय दुर्गा बहादुर थापा (सफल)को शव बिहीबार रामपुर नगरपालिका-८, भुजात स्थित कालीगण्डकी किनारमा फेला परेको हो । गत आइतबार देखि थापा सम्पर्कविहीन भएका थापाको शव नदी किनारमा फेला परेको हो । थापाको आफन्तले शवको पहिचान गरेको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक सालिकराम खनालले जानकारी दिए । माछा मार्न गएका माझीहरूले अपराह्न …

पुरा पढ्नुहॊस »

काठमाडौंमा वर्षा, कस्तो रहला दिनभरको मौसम ?

काठमाडौं । अहिले नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । त्यस्तै कोशी, बागमती र गण्डकी प्रदेशको थोरै स्थानमा मेघगर्जन / चट्याङ, हावाहुरीसहित हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ । शुक्रबार दिउँसो कोशी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली तथा …

पुरा पढ्नुहॊस »
This Ad will close automatically in seconds