ताप्लेजुङमा पहिरोले ट्याक्टर पुर्‍यो, २५ वर्षीय युवकको घटनास्थलमै मृत्यु

काठमाडौं ।  ताप्लेजुङको सिरिजंगामा पहिरोले ट्याक्टर पुरिँदा २५ वर्षीय युवकको मृत्यु भएको छ । पाँचथरको फिदिम नगरपालिका–१४, लुङ्रुपा घर भइ निर्माणाधीन काबेली तेस्रो हाइड्रोपावर परियोजनामा कार्यरत २५ वर्षीय सविन राईको पहिरोमा पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

परियोजनास्थल सिरिजङ्गा गाउँपालिका–७ खेबाङको सिरिसेतर्फ सामान बोकेर जाँदै गरेको मे. १ त ७९६९ नम्बरको ट्याक्टरलाई सडकमाथिबाट झरेको पहिरोले पुर्दा राईको घटनास्थलमै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक कमलकुमार लुङ्गेलीका अनुसार पहिरोले ट्याक्टर बगाएर सडकदेखि करिब ६० मिटर तल पुर्‍याएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

‘वैदेशिक शिक्षा, शैक्षिक परामर्श कार्यक्रम’ हुँदै

काठमाडौँ । हिमाल मल्टिमिडियाको आयोजनामा ‘वैदेशिक शिक्षा, शैक्षिक परामर्श कार्यक्रम’ आयोजना हुनेभएको छ । पछिल्लो …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds