समाचार

नाबालिकालाई यौन कार्यमा लगाउने दुई महिला पक्राउ

काठमाडौं । आर्थिक लाभ लिएर नाबालिकालाई यौन कार्यमा लगाएको आरोपमा दुई महिला पक्राउ परेका छन् । पक्राउ पर्नेमा दोलखाको जिरी नगरपालिका–९ की २५ वर्षीया सिर्जना खनाल तामाङ र नुवाकोटको बेलकोटगढी नगरपालिका–४ की २६ वर्षीया रमिला नेपाली छन् । जाहेरवालाको कमजोर आर्थिक अवस्थाको फाइदा लिई रेष्टुरेन्टमा वेट्रेसको काम लगाउने भनी जबरजस्ती वेश्यावृतिमा लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको मानव बेचबिखन अनुसन्धान ब्युरोका सूचना अधिकारी गौतम मिश्रले बताए । उनका अनुसार पीडितको इच्छा विपरीत …

पुरा पढ्नुहॊस »

गृहमन्त्रीको नाम उल्लेख गरेरै छानबिन समिति बन्ने कुराबाट पछि हट्दैनौँ : कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सहकारी प्रकरण छानबिन गर्न गठित संसदीय समितिमा गृहमन्त्रीको नाम उल्लेख गर्नुपर्ने आफूहरूको अडान कायम रहेको बताएको छ । आइतबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै कार्यदल सदस्य समेत रहेका सांसद जीवन परियारले कार्यदल बैठक काँग्रेसले अघि सारेको प्रस्तावमा जहाँको त्यहीँ भएको बताए । उनले आफूहरू गृहमन्त्री लामिछानेको नाम तोकेरै कार्यादेश बनाउनुपर्ने अडानमा कायम रहेको उल्लेख गर्दै सत्तापक्ष सो कुरामा सहमत नभएको बताए । …

पुरा पढ्नुहॊस »

सहकारी ठगीविरुद्ध काठमाडौंमा कांग्रेसको विरोध प्रदर्शन (फोटो फिचरसहित)

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समिति बनाएर छानविन हुनुपर्ने माग राख्दै सदन अवरोध गरिरहेको नेपाली कांग्रेस सडकमा पुगेको छ ।आइतबार अपराहन्न काठमाडौंस्थित प्रदर्शनी मार्गमा आयोजना गरिएको विरोध सभामा भातृ संगठनहरु नेपाल विद्यार्थी संघ, तरुण दल नेपाल, कांग्रेसका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको छ ।उक्त कार्यक्रममा केही शीर्ष नेताहरु पनि पुग्नेक्रम जारी रहेको छ । राष्ट्रिय सभा सदस्यसमेत रहेका कांग्रेस नेता कृष्णप्रसाद सिटौला, मीन विश्वकर्मा, गोपालमान श्रेष्ठलगायतका नेताहरु …

पुरा पढ्नुहॊस »

मंगलबार दिउँसो १ बजे बजेट भाषण

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८१/०८१ को बजेट जेठ १५ गते दिउँसो १ बजे ल्याउने भएको छ । प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले बजेट भाषणका लागि जेठ १५ गते दिउँसो १ बजेका लागि समय निर्धारण गरिएको जानकारी दिएका हुन् । उनले बैठकमा सहभागिताका लागि पौने १ बजेभित्रै संसद् भवन प्रवेश गरिसक्छ सांसदहरूलाई अनुरोध गरेका छन् । संविधानको धारा ११९ अनुसार संघीय संसदको संयुक्त बैठकमा जेठ १५ गते नै बजेट प्रस्तुत …

पुरा पढ्नुहॊस »

प्रतिपक्षीको नाराबाजीबीच नीति तथा कार्यक्रम पारित, अर्को बैठक जेठ १५ मा बस्ने

काठमाडाैं । प्रतिपक्षी दलको नाराबाजीका आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम पारित भएको छ । सभामुख देवराज घिमिरेले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको नाराबाजीबीच नीति तथा कार्यक्रम पारित भएको घोषणा गरेका हुन् । नीति तथा कार्यक्रम पारित भएसँगै संसद स्थगित भएको घोषणा गर्दै अर्को बैठक जेठ १५ गते मंगलबार दिनको ४ बजे बस्ने जनाइएको छ ।

पुरा पढ्नुहॊस »

‘द पोएट आइडल’ को उपाधि सिक्किमका राईलाई

काठमाडाैं । सिक्किमका सिमियोन सुकिता राईले ‘द पोएट आइडल सिजन २’को उपाधि जित्दै १० लाख नगदसहित पुरस्कार हात पारेका छन् । शनिबार रातीको फिनाले एपिसोडमा राईलाई विजेता घोषणा गरिएको हो । पहिलो सिजनको उपाधि पनि सिक्किमकै निलम गुरुङले जितेकी थिइन् । नगद पुरस्कारबाहेक राईले एभरेस्ट फिल्म कलेजबाट १ वर्षको स्नातक अध्ययनको छात्रवृत्ति, कथालयसँग पुस्तकको सम्झौता, उत्पला क्याफेको तर्फबाट १ लाखको उपहार प्राप्त गरेका आयोजकले जनाएको छ ।

पुरा पढ्नुहॊस »

मुग्लिनको पहिरोमा पुरिएर स्काभेटर चालकको मृत्यु

काठमाडौं । नारायणगढ-मुग्लिन सडक खण्डअन्तर्गत इच्छाकामना गाउँपालिका-५ स्थित तीननम्बर पुलमा पहिरो खस्दा स्काभेटर चालकको मृत्यु भएको छ । सडक विस्तारका लागि भित्तो काट्ने काम गरिरहेका बेला माथिबाट पहिरो खस्दा बा २ क ८६५१ नं को स्काभेटर चालक बर्दिया गेडुवा गाउँपालिका–४ स्थायी घर भएका अन्दाजी ३८ वर्षीय मङ्गल चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार आज बिहान पुल निर्माण गर्न …

पुरा पढ्नुहॊस »

कांग्रेसले भन्यो- व्यक्तिकाे नाम तोकेरै संसदीय छानबिन समिति गठन हुनुपर्छ

काठमाडौं । सहकारीको रकम अपचलन छानविन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यक्षेत्रबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाबीचको छलफल विना निष्कर्ष सकिएको छ । सभापति देउवा निवास बुढानीलकण्ठमा प्रधानमन्त्री प्रचण्ड र सभापति देउवासहित कांग्रेस नेताहरूबीच आइतबार भएको छलफल पनि विना निष्कर्ष सकिएको कांग्रेस नेता जीवन परियारले जानकारी दिए । देउवासँगको भेटमा प्रधानमन्त्री प्रचण्डले सहकारी समस्या समाधान र संसद्को गत्यवरोध अन्त्य गर्न विकल्पहरूबारे सोच्न कांग्रेसलाई …

पुरा पढ्नुहॊस »

ह्वात्तै बढ्यो काठमाडौंमा गर्मी, धनगढीको कति ?

काठमाडौँ उपत्यकाको तापक्रम निरन्तर बढिरहेको छ । आज अधिकतम तापक्रम ३१ देखि ३३.४ डिग्री सेल्सियसका बीच रहने विभागको पूर्वानुमान छ । विगत केही दिनदेखि पश्चिम तराइका धनगढी र नेपालगञ्जको अधिकतम तापक्रम ४१ डिग्री सेल्सियसभन्दा माथि पुगेको विभागले बताएको छ । विभागले ती भेगका बासिन्दालाई गर्मीबाट बच्न सतर्कता अपनाउन आग्रह गरेको छ ।

पुरा पढ्नुहॊस »

उपत्यकामा आजदेखि ५ दिनसम्म बत्ती अवरुद्ध हुने (सूचनासहित)

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आजदेखि उपत्यकाका केही स्थानमा ५ दिनसम्म बिजुली सेवा अवरुद्ध हुने जनाएको छ । प्राधिकरणका अनुसार आइतबारदेखि शुक्रबारसम्म उपत्यकाको साँखु, छाउनी अस्पताल, सुविधानगर, सोल्टीमोड कलंकी, मैत्रीनगर, टैंगलाफाँट, मुलपानी क्षेत्रमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत आपूर्ति बन्द हुने जनाएको छ । सूचना :-

पुरा पढ्नुहॊस »
This Ad will close automatically in seconds