प्रधानमन्त्री बन्नेबारे सोचेर बस्दिनँ : माधव नेपाल

काठमाडौं । सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफू प्रधानमन्त्री पदका लागि मरिहत्ते नगर्ने बताएका छन् । जनताको हितलाई केन्द्रबिन्दुमा राखेर हिँडेकाले त्यसबारे आफूले नसोचेको दावी गरे ।

समाजवादी प्रेस संगठन नेपाल कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले भने, ‘जनताको चाहना र अपेक्षालाई, राष्ट्रका मागलाई ध्यानमा राखेर चल्नु पर्छ भन्ने हो । त्यसकारण प्रधानमन्त्री बन्छु कि बन्दिनँ भनेर २४ घण्टा त्यसमा सोच्दिनँ ।’

अध्यक्ष नेपालले यसअघि पनि आफू रहरले नभई परिस्थितिले प्रधामन्त्री बनेको बताए । ‘प्रधानमन्त्री मैले मागेको होइन, परिस्थितिले मेरो माग गर्‍यो । गिरिजाप्रसाद कोइरालाजीले मलाई अफर गर्नु भयो, नेपाली कांग्रेसले अफर गर्‍यो अनि मात्रै बनेको हो’, उनले भने । अध्यक्ष नेपालले आफू नेतृत्वको पार्टी फुट्ने विषय हल्ला मात्र भएको दाबी गरे । अध्यक्ष नेपालले पार्टी फोर्ने दुस्साहस भए त्यो सफल नहुने जिकिर गरे ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

१६ देशका लागि सिफारिस राजदूतको नाम अनुमोदन

काठमाडौं । संसदीय सुनुवाइ समितिले विभिन्न १६ वटा देशका लागि सिफारिस राजदूतहरूको नाम अनुमोदन गरेको …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds