काठमाडाैँ । वायु सेवा निगमले १२ वर्षपछि चीनको सांंघाई हुँदै जापानको ओसाकासम्म व्यावसायिक उडान सुरु गर्ने भएको छ। यसअघि निगमले करिब १३ वर्ष काठमाडौं-ओसाका उडान गरेको थियो।
निगमले मध्य असारदेखि वाइडबडी विमानमार्फत सातामा तीन दिन जापानमा सिधा उडान गर्ने जनाएको छ। यो खबर आजको कान्तिपुर दैनिकमा सुरज कुँवरले लेखेका छन्।
‘जापान उडान गर्ने अब निश्चित भयो,’ निगमका सहायक प्रवक्ता नवराज कोइरालले भने, ‘असार १९ गतेदेखि ओसाकामा नियमित उडान गर्छौँ।’ उनका अनुसार आइतबारदेखि टिकट बिक्री खुला गरिनेछ।
काठमाडौं–ओसाकाको एकतर्फी हवाई भाडा कम्तीमा ४५ हजार तथा दुईतर्फी ८० हजारसम्म कायम हुने कोइरालाले बताए।
तपाईंको प्रतिकृया



