सेयर बजारमा सट्टेवाज हावी

काठमाडाैँ । सेयर बजारमा सट्टेवाज हावी भएपछि अस्वाभाविक उचारचढाव देखिन थालेको छ। सट्टेवाजले बजार चलाउन थालेपछि साना तथा नयाँ लगानीकर्तामा अन्योल उत्पन्न भएको खबर आजको कारोबार दैनिकमा भुवन पौडेलले लेखेका छन्।

पछिल्ला केही साता उच्च अंकले बढेको सेयर बजारमा गत साताको मध्यदेखि करेक्सन सुरु भएको थियो। चार दिन निरन्तर घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सोमबार पुनः करिब २२ अंकले बढेको छ।

यो साताको महिलो दिन आइतबार १६ अंकले वढेको नेप्से सोमबार वढे पनि लगानीकर्ता बजारको दिशाप्रति अन्योलमै छन्। सामान्यतया सेयर बजारमा सट्टेवाज हुन्छन्। तर, सट्टेवाज हावी भएको अबस्थामा लगानी गर्दा लगानीको जोखिम भने बढ्छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

अब भाटभटेनी भवनका छतमा विद्युत् प्लान्ट

काठमाडौं । भाटभटेनी सुपरमार्केटका भवनका छतबाट साढे १२ मेगावाटभन्दा बढी बिजुली निकालिने भएको छ । …

प्रतिकृया दिनुहॊस