काठमाडौँ । सरकारले तीन सयवटा विद्युतीय बस सञ्चालन गर्ने निर्णय गरेको पाँच महिना पुगेकाे छ । सन् २०२० सम्ममा २० प्रतिशत विद्युतीय सवारी पु¥याउने सरकारको लक्ष्य छ तर काम सुरु अझै हुनसकेको छैन । २० प्रतिशत विद्युतीय सवारी सङ्ख्या पु¥याउन एक वर्ष बाँकी छ ।
सडकमा एउटा पनि विद्युतीय बस गुड्न सकेको छैन । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले गत पुसमा विद्युतीय बस खरिदका बारेमा यातायात व्यवस्था विभागलाई अध्ययन गर्न लगाएको थियो । विभाग र मन्त्रालयले कार्यदल बनाएर तीन सय बस खरिदका लागि इस्फेसिफिकेसन तयार गरेका थिए । हाल सो स्फेसिफिकेसन मन्त्रालयमै थन्किएको छ ।
विद्युतीय बस खरिदका बारेमा सामान्य जानकारी लिइएको तर अहिले काम हुन नसकेको मन्त्रालयले जनाएको छ । प्रवक्ता शिवहरि सापकोटाले भने खरिद मोडालिटी के हो केही थाहा छैन, सामान्य जानकारी लिने कामबाहेक अरू केही भएको छैन, बजेट बाँडफाँड भएको छैन, बजेट आएपछि प्रक्रियामा जान्छ । सरकारको नीति तथा कार्यक्रममा विद्युतीय सवारी सञ्चालन गर्ने र चार्जिङ स्टेसनको निर्माण गरिने उल्लेख छ ।
२०७५ कात्तिकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारभित्रै विद्युतीय बस उद्घाटन गरेका थिए । क्षेत्रीय अन्तर्राष्ट्रिय विमान स्थल निर्माणसँगै लुम्बिनीमा सञ्चालनका लागि ल्याइएका पाँच ठूला विद्युतीय बस काठमाडौँमा सञ्चालन गर्ने भनेर उद्घाटन गरिएको थियो तर अहिलेसम्म सञ्चालन हुन सकेका छैनन् । ती पाँवटा बस खरिद सम्झौताभन्दा फरक पाइएपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छानबिन गरिरहेको छ ।
प्रतिकृया दिनुहॊस