सन नेपाल लाइफ इन्स्योरेन्स र पोखरा फाइनान्सबीच सम्झौता

काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्स र पोखरा फाइनान्स बीच बैकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौतामा  इन्स्योरेन्सको तर्फबाट मुख्य बजार विकास प्रवद्र्धक  राजु के.सी. र फाइनान्सको तर्फबाट डेपुटी सिइओ राजु मोहन भट्टराईले हस्ताक्षर गरे।

सम्झौतापछि पोखरा फाइनान्सका सम्पूर्ण ग्राहकहरुले बीमा शुल्क भुक्तानी गर्न, बीमालेख लिन तथा बीमा दाबी भुक्तानी सहज रुपमा सन नेपाल लाइफ इन्स्योरेन्सबाट प्राप्त गर्न सक्नेछन् र उत्कृष्ट सेवा सहित सरल, सुलभ तरिकाले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका विभिन्न बीमालेखहरु पोखरा फाइनान्सका सम्पूर्ण शाखाहरु मार्फत उपलब्ध हुनेछ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

उद्योग वाणिज्य महासङ्घमा लघु घरेलु साना एवं मझौला उद्यम विकास केन्द्र स्थापना

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निर्यात व्यापार बढाउने रणनीतिमा थप सहकार्यका लागि सरकार तथा सरोकारवालाहरुलाई आग्रह गरेका छन् । अति कम विकसित मुलुकको सूचीबाट विकासशीलमा स्तरोन्नति हुने समय नजिकिँदै गर्दा बाह्य बजारसँग प्रतिस्पर्धी हुन थप तयारी आवश्यक भएको तर्फ अध्यक्ष ढकालले ध्यानाकर्षण गराएका हुन् ।

प्रतिकृया दिनुहॊस