आर्थिक

आईएमईको राफ्ट इलेक्ट्रिक स्कुटर १०० भन्दा बढी बिक्री

काठमाडौं । आईएमई इलेक्ट्रिकले चाडपर्वमा एक सयभन्दा बढी युनिट राफ्ट इलेक्ट्रिक स्कुटर बिक्री गरेको छ । राफ्ट मोटर्समा ६ वटा भन्दा बढी मोडलका इलेक्ट्रिक स्कुटरहरू छन् जसको दायरा एकै पटक चार्जमा ३ सय २० किलोमिटरसम्म पुग्ने कम्पनीले जनाएको छ । यस स्कुटको उचित मूल्य, धेरै राम्रो किमी दायरा, विश्वसनीयता र धेरै आकर्षक लुक्सका कारण राफ्ट स्कुटर छोटो अवधिमा नेपालमा लोकप्रिय भएको कम्पनीले दाबी गरेको छ । फायरप्रूफ ब्याट्री, रिभर्स गियर, …

पुरा पढ्नुहॊस »

दुई लाख पुगे डिशहोमका इन्टरनेट प्रयोगकर्ता

काठमाडौं । डीटीएच तथा फाइबर इन्टरनेट सेवाप्रदायक डिशहोमका इन्टरनेट प्रयोगकर्ता दुई लाख पुगेका छन् । कम्पनीले करिब तीन वर्षअघि मात्रै नेपाल दूरसञ्चार प्राधिकरणबाट अनुमति लिई सेवा सुरु गरेको थियो । सेवा सुरु गरेको तीन वर्षकै अवधिमा कम्पनीले यो उपलब्धि हासिल गर्न सफल भएको डिशहोम फाइबरनेटका मार्केटिङ उपमहाप्रबन्धक सञ्जय राजभण्डारीले जानकारी दिएका छन् ।​ डिशहोमले पछिल्लो समय आक्रामक रुपमा बजार विस्तार गर्दै आएको छ । यही क्रममा हाल डिशहोम फाइबरनेट देशका …

पुरा पढ्नुहॊस »

६.४३ अंकले घट्यो सेयर बजार

सेयर बजार परिसूचक नेप्से ६.४३ अंकले घटेर एक हजार ९५८.९४ विन्दुमा झरेको छ। आइतबार ४३ अंकभन्दा धेरैले बढेको नेप्से साेमबार भने घटेको हो । साेमबार निर्जीवन बीमा, उत्पादन, विकास बैंक र माइक्रोफाइनान्स समूहको सेयर उच्च अंकले घटेको छ। कारोबार रकम भने बढेको छ। दुई सय २४ वटा कम्पनीकाे ४९ लाख ४४ हजार कित्ता सेयर दुई अर्ब १० करोड रुपैयाँमा कारोबार भएको छ। सबैभन्दा धेरै जाल्पा लघुवित्तको १५ करोड १६ लाख …

पुरा पढ्नुहॊस »

रेमिट टु नेपालबाट पैसा पठाउने हरि विकले पाए १० ग्राम सुन, ९ जनालाई चाँदी

काठमाडौं । रेमिट टु नेपाल मार्फत रकम पठाएका हरि बिकले १० ग्राम सुन जितेका छन् । ‘चाडपर्वको बहार सुन चाँदी र नगद उपहार’ योजनाअन्तर्गत विभिन्न देशबाट रकम पठाउनेमध्ये दुबईको फेडेरल एक्सचेन्जबाट रकम पठाएका बिकले १० ग्राम सुन जितेका हुन् । रेमिट टु नेपालले चाडपर्वलाई लक्षित गर्दै उक्त उपहार योजना ल्याएको थियो । यो योजनाभर विभिन्न देशबाट रकम पठाउने मुमताज आलम मुसलमान, सुनिल कुमार सरदार, विजय कुमार प्रसाद, राम पुकार यादव, …

पुरा पढ्नुहॊस »

सुनको मूल्य २०० रुपैयाँले घट्यो

नेपाल सूनचाँदी व्यवसायी महासंघका अनुसार साेमबार सुनचाँदीको मूल्य घटे्को छ। छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। आइतबार छापावाला सुन प्रतितोला ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजावी सुनको मूल्य ९३ हजार ८०० रुपैयाँले कारोबार भइरहेको छ । यसैगरी चाँदीको मूल्य १० रुपैयाँले घटेको छ। आइतबार प्रतितोला १२ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य साेमबार १२ सय ६५ रुपैयाँमा कारोबार …

पुरा पढ्नुहॊस »

‘गड्स बफेलो’ले पायो ‘स्पेशल जुरी मेन्सन अवार्ड’

काठमाडाैँ । क्यानाडामा आयोजित बान्फ फिल्म फेस्टिबलमा सञ्चारकर्मी एवं छायाँकार विष्णु कल्पितले तयार पारेकाे नेपाली वृत्तचित्र ‘देउताको भैँसी’ (गड्स बफेलो) ले ‘स्पेशल जुरी मेन्सन अवार्ड’ प्राप्त गरेको छ । मेलम्चीको बाढीमा बगाएको भैँसीको बारेमा बनाइएको सो वृत्तचित्रले यसअघि पनि विभिन्न फिल्म फेस्टिबलमा अवार्ड पाएको थियो । क्यानाडाको अल्बेटामा जारी फिल्म फेस्टिबलमा महत्वपूर्ण अवार्ड जित्न सफल भएको सञ्चारकर्मी एवं छायाँकार कल्पितले जानकारी दिए । उक्त फेस्टिबल अक्टोबर २९ देखि आजसम्म जारी …

पुरा पढ्नुहॊस »

दुई वर्षपछि नेपाल आयल निगम नाफामा

काठमाडाैँ । झन्डै दुई वर्षपछि नेपाल आयल निगमले नाफामा गएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि सोअनुसार स्थानीय बजारमा मूल्य समायोजन नगर्दा निगम नाफामा गएको हो । विगत २१ महिनादेखि घाटामा रहेको निगम असोज ३० गते (अक्टोबर १६)देखि नाफामा गएको हो । गत भदौदेखि नै पेट्रोलियम पदार्थको मूल्य घट्दै आएको थियो । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेपछि अक्टोबर १ देखि १५ सम्मको अवधिमा निगमलाई ३९ करोड रुपियाँ …

पुरा पढ्नुहॊस »

नेपाल वेयरहाउजिंग कम्पनीको साधारणसभा सम्पन्न, यही बर्ष सर्वसाधारणका लागि आइपिओ ल्याउने

काठमाडौँ । नेपाल वेयरहाउजिंग कम्पनी लिमिटेडको चौथौँ बार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीले आइतबार एक समारोहकाबीच साधारणसभा सम्पन्न गरेको हो । कम्पनीको साधारण सभाले संस्थापकहरूबाट कूल पुँजीको ८० प्रतिशत बराबर ५५ करोड रुपैयाँ पूँजी पुर्याउने र २० प्रतिशत बराबरको १३ करोड ७५ लाख रुपैयाँको शेयर सर्वसाधारणका लागि चालू आर्थिक बर्षमै जारी गर्ने निर्णय पारित गरेको छ । कम्पनीले साइलो प्रबिधिबाट मकै, गहुँ, भटमास लगायत ५५,००० मेट्रिक टन क्षमता बराबर …

पुरा पढ्नुहॊस »

चार अर्ब लगानीमा नेपालकै ठूलाे टाइल्स उद्याेग खुल्दै

काठमाडाैँ । रमेश कर्प र भारती कजारिया सेरामिक्स कम्पनीले संयुक्त लगानीमा नेपालमा वृहत टाइल्स कम्पनी स्थापना गर्ने भएका छन् । आइतबार राजधानीमा एक समारोहका बीच दुई कम्पनीको संयुक्त लगानीका लागि सम्झौता भएको हो । सम्झौता अनुसार यी दुई कम्पनीले ४ अर्ब रुपैयाँ लगानीमा नेपालमा हालसम्मकै सबैभन्दा ठूलो टाइल्स कम्पनी स्थापना गर्नेछ । जसले वार्षिक ८ लाख वर्ग मिटर टाइल्स उत्पादनको क्षमता राख्नेछ । कजारिया विश्वको सातौ नम्बर तथा भारतको नम्बर …

पुरा पढ्नुहॊस »

विद्यालयमा इन्टरनेट सचेतना कार्यक्रम सञ्चालन गर्न वर्ल्डलिङ्कको सहयोग

काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडको सहयोगमा इन्टरनेट सचेतना कार्यक्रम आयोजना हुँदै छ। देशकै ठूलो इन्टरनेट सेवाप्रदायकले पुल्चोक क्याम्पस -इन्जिनियरिङ अध्ययन संस्थान_को इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स, र कम्प्युटर इन्जिनियरिङ विभागका छाता संगठन, लोकसद्वारा स्नातक विद्यार्थीहरूको नेतृत्वमा देशका सातै प्रदेशका ५० विद्यालयमा यस्तो कार्यक्रम आयोजना गर्न लागेको छ। कात्तिक २० देखि २६ गतेसम्म सञ्चालन हुने यो सचेतना कार्यक्रममा कक्षा ८ देखि १० मा अध्ययनरत १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थी …

पुरा पढ्नुहॊस »