आईएमईको राफ्ट इलेक्ट्रिक स्कुटर १०० भन्दा बढी बिक्री

काठमाडौं । आईएमई इलेक्ट्रिकले चाडपर्वमा एक सयभन्दा बढी युनिट राफ्ट इलेक्ट्रिक स्कुटर बिक्री गरेको छ । राफ्ट मोटर्समा ६ वटा भन्दा बढी मोडलका इलेक्ट्रिक स्कुटरहरू छन् जसको दायरा एकै पटक चार्जमा ३ सय २० किलोमिटरसम्म पुग्ने कम्पनीले जनाएको छ ।

यस स्कुटको उचित मूल्य, धेरै राम्रो किमी दायरा, विश्वसनीयता र धेरै आकर्षक लुक्सका कारण राफ्ट स्कुटर छोटो अवधिमा नेपालमा लोकप्रिय भएको कम्पनीले दाबी गरेको छ ।

फायरप्रूफ ब्याट्री, रिभर्स गियर, हाइट एडजस्टेबल शोक्क अब्सोर्बर, मल्टी मोड्स अफ ड्राईभिङ्ग, द्रुत चार्जको लागि १० एम्प चार्जर, राम्रो सुरक्षाको लागि बाक्लो बडी जस्ता सुविधाहरू रहेका छन् ।

यस्तै, कि–लेस स्टार्ट, डीआरएल हेडलाइट, थेफ्ट अलार्म, डिजिटल डिस्प्ले, रिमोट लकिङ, अटोमेटिक चार्जर कट–अफ, इन्डिकेटर बज्जर, रिजेनेरेटिभ ब्रेकिङ सिस्टम, पोर्टेबल ब्याट्री र अन्य धेरै सुविधाहरू राफ्ट स्कुटरमा उपलब्ध रहेको कम्पनीले उल्लेख गरेको छ ।

राफ्ट स्कुटरको मूल्य १ लाख ९९ हजार हो । राफ्टले एकपटकको चार्जमा ३ सय २० किलोमिटर सम्मको माइलेज दिन्छ । आईएमई इलेक्ट्रिकको नेपालमा १० भन्दा बढी डिलर छन् ।

आईएमई अटोमोबाइल कम्पनीको इलेक्ट्रिक भेहिकल डिभिजन, आईएमई इलेक्ट्रिकले नेपालमा राफ्ट इलेक्ट्रिक दुई पाङ्ग्रे सवारीसाधन बिक्री गर्दै आइरहेको छ । निकट भविष्यमा चारपाङ्ग्रे यात्रुवाहक कार र व्यावसायिक सवारी साधनहरूमा विस्तार गर्ने लक्ष्य लिएको कम्पनीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

आज यस्तो छ घटबढ भइरहेको सुनचाँदीको मूल्य

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको भाउ स्थिर रहेको छ । मंगलबार प्रतितोला १ …

प्रतिकृया दिनुहॊस