नेपाल वेयरहाउजिंग कम्पनीको साधारणसभा सम्पन्न, यही बर्ष सर्वसाधारणका लागि आइपिओ ल्याउने

काठमाडौँ । नेपाल वेयरहाउजिंग कम्पनी लिमिटेडको चौथौँ बार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीले आइतबार एक समारोहकाबीच साधारणसभा सम्पन्न गरेको हो ।

कम्पनीको साधारण सभाले संस्थापकहरूबाट कूल पुँजीको ८० प्रतिशत बराबर ५५ करोड रुपैयाँ पूँजी पुर्याउने र २० प्रतिशत बराबरको १३ करोड ७५ लाख रुपैयाँको शेयर सर्वसाधारणका लागि चालू आर्थिक बर्षमै जारी गर्ने निर्णय पारित गरेको छ ।

कम्पनीले साइलो प्रबिधिबाट मकै, गहुँ, भटमास लगायत ५५,००० मेट्रिक टन क्षमता बराबर भण्डारण सुबिधा, कृषि उपजहरूको वैज्ञानिक लिलाम ब्यवस्थापन, वेयरहाउस रसिदको धितोमा विभिन्न बैङ्कहरूको सहकार्यमा ऋण सुबिधा तथा अनाज कन्टेनरको सेवा दिनेछ ।

नेपाल वेयरहाउजिंगले सुनसरी जिल्लाको औरबानी शाखा र कपिलबस्तु जिल्लाको चन्द्रौटा शाखामा १५००० मेट्रिक टन क्षमताका साइलो, पर्सा जिल्लाको बिरुवागुठी शाखामा २५००० मेट्रिक टन क्षमताका साइलो जडान गरिरहेको छ ।

तीनओटै पारियोजनाको अनुमानित लागत १ अर्ब ५० करोड रुपैयाँ छ । जसमा बाँकी लगानी ५ वटा विभिन्न बैङ्कहरुबाट सहवित्तीयकरणबाट जुटाइएको कम्पनीले जनाएको छ । औरबानी शाखाको सञ्चालन यहि महिनाबाट भण्डारण सुरुवात गर्ने योजनामा रहेको सो कम्पनीको ६ महिनाभित्र अन्य दुई परियोजनामार्फत सेवा प्रदान गर्ने लक्ष्य रहेको छ ।

त्यस्तै, कम्पनीले धानको विभिन्न शाखाहरूबाट लिलाम बढाबढको सुरुवात गर्ने लक्ष्य समेत कम्पनीले लिएको छ । नेपाल वेयरहाउजिंगको भारतको सबैभन्दा ठूलो भण्डारण सुबिधा प्रदायक नेशनल कोलट्ररल म्यानेजमेन्ट कम्पनी लिमिटेडसँग सहकार्य रहेको छ । यसले देशमा अन्न सुरक्षा बढाई देशको खाद्य सुरक्षामा महत्त्वपूर्ण योगदान गर्ने लक्ष्य लिएको कम्पनीको जिकिर छ ।

कम्पनीमा निम्बस समूह, शिखर इन्स्योरेन्स, श्रीनगर एग्रो, मुक्तिनाथ एग्रो, निफ्रा, एनएमवि बैङ्क, आईएमई जनरल इन्स्योरेन्स, हाथवे, हिमालयन क्यापिटल, टिएनआई, टिम भेन्चस्, आध्यानता, अल्फा क्यापिटल लगायतको लगानी रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेप्से परिसूचकमा उच्च अंकको वृद्धि

काठमाडौँ । यो साता कारोबारको लगातार दोस्रो दिन आज पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा …

प्रतिकृया दिनुहॊस