आर्थिक

बुधबार दाेहाेराे अंकले बढ्याे सेयर बजार

काठमाडौँ । साताकाे चाैथाे काराेबार दिन बुधबार सेयर बजार दाेहाेराे अंकले बढेकाे छ । यस दिन नेप्से परिसूचक ११.२२ अंकले बढेर १८४८.८२ बिन्दुमा पुगेको छ । यस दिन ७२ करोड १२ लाख ५९ हजार रुपैयाँको सेयर काराेबार भएकाे छ । यस दिन १४२ कम्पनीको सेयर मूल्य बढेकाे छ । ३८ कम्पनीको मूल्यमा गिरावट आएको छ । यो साता आइतबार ३३.९७ अंकले घटेको बजार मंगलबार ३८.८१ अंकले घटेर बजार १८३७.६० बिन्दुमा …

पुरा पढ्नुहॊस »

ट्राफिक जरिवाना भुक्तानीमा सहकार्य गर्दै आईएमई पे

काठमाडौं । आईएमई पेका प्रमुख व्यापार अधिकृत प्रमोदमान सिंह बस्नेत र काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रमुख मीरा चौधरीबीच छलफल भएको छ । ट्राफिक जरिवाना हाल आईएमई पे वालेटमार्फत भुक्तानी गरिँदै आइरहेको सन्दर्भमा छलफल भएको हो । उक्त छलफलमा ट्राफिक जरिवाना भुक्तानीमा सहकार्य गर्ने सहमतिसमेत भएको हो । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार गत २०७९ श्रावण महिनामा मात्र एक करोड ४० लाखभन्दा बढी वालेट प्रयोगकर्ताले १७ अर्ब रूपैँयाभन्दा बढीको कारोबार डिजिटल वालेटमार्फत …

पुरा पढ्नुहॊस »

स्मार्ट डाेकाेले ल्यायाे ‘बडा दशैँ, कडा अफर’

काठमाडाैँ । नेपालकै उच्च मूल्याङ्कन गरिएको इ कमर्स एप स्मार्ट डाेकाेले यस दशैंमा आफ्नो ग्राहकका लागि ‘बडा दशैँ कडा अफर’ ल्याएको छ | अफरअन्तगर्त यस चाडपर्वमा, ग्राहकले इलेक्ट्रोनिक्स, किराना समान, फेसन, सौन्दर्य प्रसाधनलगायत सामान खरिद गर्दा ६७ प्रतिशतसम्म छुट पाउन सक्नेछन् । ग्राहकहरुले हरेक दिन पेब्बल स्मार्ट वाच र एक जना भाग्यशाली ग्राहकले बम्पर उपहारमा सामसुङ ग्यालेक्सी स्मार्ट फाेन जित्न सक्नेछन् । ग्राहकहरुले हिमालयन बैंकमा रु १ हजारसम्मकाे वा १५ …

पुरा पढ्नुहॊस »

राधी विद्युत् कम्पनीको हकप्रद शेयर बिक्री खुला

ipo 12khari1614305282/सोनापुर मिनरल्सको आईपीओमा आवेदन दिने समय थप

काठमाडौं । राधी विद्युत कम्पनीले बुधबारदेखि १ः१.४७५२ अनुपातमा हकप्रद शेयर बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले कुल ९५ लाख ३५ हजार ७६०.९९ कित्ता हकप्रद शेयर बिक्री खुला गरेको हो । राधीले हकप्रद शेयर बिक्रीका लागि गत १२ भदौमा बुक क्लोज गरिसकेको छ । तसर्थ, भदौ ११ गतेसम्म कायम शेयर धनीले कम्पनीले जारी गरेको हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । राधीको हकप्रद शेयरमा असोज २५ गतेसम्म आवेदन …

पुरा पढ्नुहॊस »

यती एअरलाइन्सको २४ वर्ष, १० लाखबढी यात्रुलाई सेवा

काठमाडौँ । वायुसेवा कम्पनी यती एअरलाइन्सको हवाई यात्रा २४ वर्ष पूरा भएको छ । तत्कालीन हवाई विभागबाट १९९८ को मे महिनामा कमर्सियल उडानको अनुमति प्राप्त भएको भएपनि २१ सेप्टेम्बर, १९९८ मा भएको पहिलो उडान गरेको यती एअरलाइन्सले सो पहिलो उडान गरेको दिनलाई नै हरेक वर्ष वार्षिक उत्सवको रूपमा मनाउने गरेको हो । नेपालमा हवाई सेवाको विकासमा महत्त्वपूर्ण योगदान रहेको यस एअरलाइन्सको शुरूवात २ वटा ट्विनअटर वायुयान बाट भएको थियो । …

पुरा पढ्नुहॊस »

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । केही दिनदेखि सुनको मूल्यमा उतारचढाव भइरहेको छ। अघिल्ल्लो दिनको भन्दा सुन तोलामा ५ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको लागि कारोबार मूल्य प्रतितोला ९१ हजार ३ सय रुपैयाँ निर्धारण भएको हो । मंगलबार सुन तोलामा ४ सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार ८ सय रुपैयाँ बजार मूल्य थियो । चाँदीको मूल्य तोलामा १० रुपैयाँ घटेको छ । बुधबार चाँदी प्रतितोला एक हजार एक …

पुरा पढ्नुहॊस »

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

Exchange-rate/सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १२७ रुपैयाँ ३१ पैसा र बिक्री दर १२७ रुपैयाँ ९१ पैसा रहेको छ । युरो एकको खरिद दर १२७ रुपैयाँ ३९ पैसा र बिक्री दर १२७ रुपैयाँ ९९ पैसा रहेको …

पुरा पढ्नुहॊस »

नयाँ स्टक एक्सचेन्ज विवाद

काठमाडाैं । चुनाव खर्च उठाउन हतारहतार नयाँ स्टक एक्सचेन्जको लाइसेन्स खोलेको तथा नयाँ ब्रोकरको लाइसेन्स खोलेको आरोपमा अर्थ समिति प्रवेश गरेको छ। ४ मंसिरमा निर्वाचनको मिति घोषणा भइसकेको सन्दर्भमा प्रतिनिधिसभाको समय शनिवार रातिदेखि विघटन भएको भए पनि अर्थ समितिले धितोपत्र दलाल व्यवसायी (सेयर ब्रोकर) र धितोपत्र बजार (स्टक एक्सचेञ्ज) को नियमावली संशोधनको विषयमा ७ दिनभित्र विस्तृत विवरण पठाउन अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ। प्रतिनिधिसभा विघटन भइसकेको अवस्थामा तत्काल समितिको बैठक …

पुरा पढ्नुहॊस »

आइएमई र यूएनसीडीएफवीच अनुसन्धान समझदारी

काठमाडाैं । आइएमई र युनाइटेड नेशन क्यापिटल डेभलपमेन्ट फण्ड (यूएनसीडीएफ) वीच अनुसन्धान समझदारी भएको छ। समझदारी अनुसार सूचना प्रविधिको विकाससँगै डिजिटल वालेटमा रेमिटेन्सको आप्रवाह बढाउन दुवै सँस्थाहरूवीच सहकार्य हुनेछ। यो सम्झौता विशेषतः महिला रेमिटेन्स प्राप्तकर्ताहरूका समस्या र ती समस्याहरूको न्यूनीकरणमा बढ्ता केन्द्रित हुनेछ। डिजिटल वालेटमा महिलाको पहुँच अभिवृद्धि गर्न र ग्रामिण क्षेत्रमा रहँदै आएको बैंकिङ्ग पहुँचको कमजोर अवस्थामा सुधार ल्याउन समेत यो समझदारी उपयोगी हुनेछ । महिलाहरूको वित्तीय पहुँच अभिवृद्धि …

पुरा पढ्नुहॊस »

सोपान फर्मास्युटिकल्सले १४ करोड बराबरको आईपीओ निष्काशन गर्ने

काठमाडाैं । सोपान फर्मास्युटिकल्स लिमिटेडले सर्वसाधारणमा १४ लाख कित्ता धितोपत्रको सार्वजनिक निष्काशन गर्ने भएको छ । हाल कम्पनीको जारी पूँजीलाई वृद्धि गरी ७० करोड कायम गर्ने र सो जारी पूँजीको २० प्रतिशत अर्थात् १४ करोड बराबरको शेयर सर्वसाधारणमा सार्वजनिक निष्काशन गर्ने कार्यका लागि एनएमबि क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरेको छ । सो निष्काशन गर्ने सम्बन्धी सम्झौतापत्रमा सोपान फर्मास्युटिकल्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन न्यौपाने र एनएमबि …

पुरा पढ्नुहॊस »