चार अर्ब लगानीमा नेपालकै ठूलाे टाइल्स उद्याेग खुल्दै

काठमाडाैँ । रमेश कर्प र भारती कजारिया सेरामिक्स कम्पनीले संयुक्त लगानीमा नेपालमा वृहत टाइल्स कम्पनी स्थापना गर्ने भएका छन् । आइतबार राजधानीमा एक समारोहका बीच दुई कम्पनीको संयुक्त लगानीका लागि सम्झौता भएको हो ।

सम्झौता अनुसार यी दुई कम्पनीले ४ अर्ब रुपैयाँ लगानीमा नेपालमा हालसम्मकै सबैभन्दा ठूलो टाइल्स कम्पनी स्थापना गर्नेछ । जसले वार्षिक ८ लाख वर्ग मिटर टाइल्स उत्पादनको क्षमता राख्नेछ । कजारिया विश्वको सातौ नम्बर तथा भारतको नम्बर १ टाइल्स उत्पादक कम्पनी हो भने रमेश कर्प नेपालको प्रसिद्ध टाइल्स कम्पनी हो । सम्झौतापत्रमा रमेश कर्पका कार्यकारी निर्देशक प्रतिक जलान र कजारिया सेरामिक्स लिमिटेडका अध्यक्षरप्रबन्ध निर्देशकअशोक कजारियाले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार दुवै कम्पनीको लगानी ५०र५०प्रतिशत हुनेछ भने नेपालमै अत्याधुनिक उत्पादन कम्पनी स्थापना गरिनेछ ।

यस्तै, सिरामिक र भिट्रिफाइड टाईल्स उत्पादन गर्ने नवनिर्मित कारखानाकोे उत्पादन क्षमता ८लाख वर्ग मिटर हुनेछ र सन् २०२३ को अन्त्यसम्ममा सञ्चालनमा आउने अपेक्षा गरिएको छ । नव निर्मित कारखाना भविष्यमा आफू निर्यातका लागि तयार हुने र नेपाली बजारको मागलाई पूरा गर्ने परिकल्पनाका साथ स्थापना गर्न लागिएको कम्पनीको भनाइ छ । यसबाहेक, नेपालमा उपलब्ध प्रमुख कच्चा पदार्थहरू टाईल्स उत्पादनमा प्रयोग गरिने समेत ज्वाइन्ट कम्पनीको भनाइ छ ।

कजारिया सेरामिक्स लिमिटेडका संयुक्त प्रबन्ध निर्देशक अशोक कजारियाले भने, ‘नेपाल हाम्रा लागि सधैँ महत्वपूर्ण बजार भएको छ । हामी यहाँ दुई दशकभन्दा बढी समयदेखि उपस्थित छौँ र यो कदमले नेपालको बजारमा हाम्रो उपस्थितिलाई अझ बलियो बनाउनेछ। यो परियोजना तत्काल शुरु गरी आउँदो २०२३ को अन्त्य सम्ममा सञ्चालनमा आउनेछ । हामी हाम्रा विश्वस्तरीय उत्पादनहरु नेपालमै प्रतिस्पर्धात्मक रुपमा उपलब्ध गराउन चाहन्छौँ । हामी विश्वस्त छौँ कि, यो सुविधा सम्पन्न प्लान्ट एक प्रतिष्ठित नमुना उद्योग बन्नेछ जसमा अत्याधुनिक प्रविधिको प्रयोग, गुणस्तर, दक्षता र वातावरणीय मापदण्डहरु प्राथमिकताका साथ प्रयोजन गरिनेछ ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सेयर बजारमा सामान्य वृद्धि, ४ अर्बको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ …

प्रतिकृया दिनुहॊस

This will auto close after