६.४३ अंकले घट्यो सेयर बजार

सेयर बजार परिसूचक नेप्से ६.४३ अंकले घटेर एक हजार ९५८.९४ विन्दुमा झरेको छ। आइतबार ४३ अंकभन्दा धेरैले बढेको नेप्से साेमबार भने घटेको हो ।

साेमबार निर्जीवन बीमा, उत्पादन, विकास बैंक र माइक्रोफाइनान्स समूहको सेयर उच्च अंकले घटेको छ। कारोबार रकम भने बढेको छ। दुई सय २४ वटा कम्पनीकाे ४९ लाख ४४ हजार कित्ता सेयर दुई अर्ब १० करोड रुपैयाँमा कारोबार भएको छ। सबैभन्दा धेरै जाल्पा लघुवित्तको १५ करोड १६ लाख रुपैयाँको शेयर किनबेच भयो।

ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था र सपोर्ट माइक्रोफाइनान्सको सेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि धौलागिरि लघुवित्त वित्तीय संस्थाको सेयर आठ प्रतिशतभन्दा धेरैले बढेको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

होण्डाद्वारा चाडपर्व योजना अन्तर्गत एक भाग्यशाली ग्राहकलाई १० लाख पुरस्कार

काठमाडौँ । होण्डा नेपालले हालै सम्पन्न गरेको चाडपर्व योजना ‘हाम्रो चाडबाड, होण्डाको खुसीयाली बारबार’ अन्तर्गत …

प्रतिकृया दिनुहॊस