आर्थिक

‘आइएमई पे’ बाट बीमा नविकरण गर्दा १०० प्रतिशत क्यासब्याक पाइने

काठमाडाैं । ‘आइएमई डिजिटल सोलुसन लिमिटेड’ को ‘आइएमई पे’ बाट अब घरमै बसेर बीमा पोलिसी नविकरण गर्न सकिने भएको छ । आइएमई पेको बीमा सेवाको प्रयोग गरी केही मिनेट मै ग्राहकहरूले आफ्नो बीमा पोलिसी नविकरण गर्न सक्नेछन् । सो सेवा अन्तर्गत आइएमई लाइफ, एसियन लाइफ, अजोड इन्स्योरेन्स लगायत अन्य विभिन्न इन्स्योन्स कम्पनीहरूको बीमा पोलिसी नविकरण गर्न मिल्छ । लामो लाइन तथा अन्य झन्झटबाट ग्राहकलाई जोगाइ सजिलै बीमा नविकरण गर्ने उद्देश्यका …

पुरा पढ्नुहॊस »

आइएमई पे मा पहिलो पल्ट क्युआर भुक्तानी गर्दा २५ क्यासब्याक

काठमाडौं । आइएमई ग्रुप अन्तर्गत “आइएमई डिजिटल सोलुसन लिमिटेड” को ‘आइएमई पे’ ले पहिलो चोटि क्युआर स्क्यान फिचर प्रयोग गर्ने ग्राहकलाई लक्षित गरी नयाँ अभियान सार्वजनिक गरेको छ । यस अभियान अन्तर्गत आइएमई पेबाट पहिलो पल्ट क्युआर कोड स्क्यान गरी भुक्तानी गर्ने ग्राहकले रु २५ क्यासब्याक प्राप्त गर्न सक्नेछन्। सो क्यासब्याक ग्राहकहरुलाई क्युआर भुक्तानी गर्न प्रेरित गरी विद्युतीय भुक्तानी गर्न प्रोत्साहन गर्न र वित्तिय साक्षरता प्रदान गर्ने उदेश्य ले सुचारु …

पुरा पढ्नुहॊस »

प्रभु बैंकले किसानलाई सहुलियत कर्जा दिने

अमिता लामा काठमाडाैं । प्रभु बैंक लिमिटेड, आर एण्ड डि इन्नोभेटिभ सोलुशन र इनफिकेयर प्रालिबीच किसानहरुलाई सुलभ बित्तिय कर्जा उपलब्ध गराउने विषयमा त्रिपक्षीय सम्झौता भएको छ। सम्झौता पत्रमा आर एण्ड डि इन्नोभेटिभ सोलुशनकी प्रमुख कार्यकारी अधिकृतसुनिता न्हेम्हाफूकी तथा इनफिकेयर प्रालिका निर्देशक सबिन मानन्धर र बैंकको तर्फबाट प्रमुख व्यापार अधिकृत दिनेश थकालीले हस्ताक्षर गरेका छन्। किसानहरुलाई सहज ढङ्गले बित्तिय कर्जा उपलब्ध गराउन प्रभु बैंक लिमिटेड, आर एण्ड डि ईन्नोभेटिभ सोलुशन र …

पुरा पढ्नुहॊस »

‘आइएमई पे’ बाट विभिन्न केबलकारको टिकट सजिलै काट्न सकिने

काठमाडौं । “आइएमई पे” बाट अब ग्राहकवर्गले देशका विभिन्न ठाउँमा स्थापित केबलकारको टिकट काट्न मिल्ने भएको छ। आइएमई पेले सुरुवातदेखिनै केबलकारको टिकेटिङ सुविधा प्रदान गर्दै आइरहेको छ । चन्द्रगिरी केबलकारबाट सुरुवात गरिएको टिकेटिङ अन्तर्गत मनकामना, अन्नपूर्ण र मौलाकाली केबलकारको समेत आईएमई पेबाट काट्न सकिने भएको हो । आइएमई पेको यात्रा सेवामा केबल कारभित्र रहेको टिकेटिङ् सुविधा मार्फत ग्राहकवर्गले लाइन बस्ने झन्झट् बिना टिकट काट्न सक्ने कम्पनीले जनाएको छ ।

पुरा पढ्नुहॊस »

उपनिर्वाचनको दिन मनकामना केबलकार बन्द रहने

काठमाडौँ । वैशाख १० गते मनकामना केबलकारको सेवा बन्द रहने भएको छ । चितवन क्षेत्र नं २ मा हुन लागेको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा उक्त जिल्लाको कुरिनटारबाट मनकामना जाने केबलकारले सेवा दिँदा भिड बढ्ने र सुरक्षा संवेदनशिल हुने देखिएकाले एक दिन बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिले जनाएको छ । उपनिर्वाचनलाई लक्षित गरी केबलकार सेवा बन्द गर्न यसअघि जिल्ला प्रशासन कार्यालय चितवनले आग्रह गरेको थियो । मनकामना केबलकारको बटम स्टेसन चितवनको …

पुरा पढ्नुहॊस »

‘यती एअरलाइन्स वुमेन विथ द विङ्स’मा भाग लिन पोखरा पुगे मिस नेपालका २४ प्रतिस्पर्धी

काठमाडौं । मिस नेपाल २०८० को ‘यती एअरलाइन्स वुमेन विथ द विङ्स’ ट्यालेन्ट सो राउन्ड आज पोखरामा हुँदै छ। सो कार्यक्रमका लागि २४ जना प्रतिस्पर्धीहरु आज पोखरा पुगेका हुन्। ट्यालेन्ट शोको विजेताले ‘वुमेन विथ द विङ्स’ उपाधि पाउनेछिन्। जसलाई यती एअरलाइन्सले प्रायोजन गरेको छ । निर्णायक मण्डलमा नेपाल टुरिजम बोर्डका सीईओ धनञ्जय रेग्मी, यती एअरलाइन्सका प्रमुख व्यापार अधिकृत युवराज विष्ट, पोखरा जेसिसका अध्यक्ष गणेश गिरी, गायक तथा फेसन डिजाइनर शान्ति …

पुरा पढ्नुहॊस »

राजस्वका अधिकारीलाई अर्थमन्त्रीको प्रश्न- राजस्व किन कम उठ्यो ?

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले राजस्व सङ्कलन गर्ने जिम्मेवारी लिएका कर्मचारीले तदारुकता, इमान्दारिता र अनुशासन देखाउन आग्रह गरेका छन् । आन्तरिक राजश्व विभागका प्रमुखको समीक्षा बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्रीले राजश्व सङ्कलनमा कुनै पनि लापरबाही गर्न नहुने बताएका हुन् । बैठकमा उनले भने, ‘नेपाल सरकारको विभिन्न मन्त्रालय खर्चका लागि जिम्मेवार हुन् । सम्बन्धित मन्त्रालयमा विनियोजन भएको रकम प्रभावकारी ढङ्गले खर्च होस् भन्ने अर्थ मन्त्रालयको अपेक्षा रहन्छ । राजस्व सङ्कलनमा अर्थ …

पुरा पढ्नुहॊस »

माबिलुङ्गग इनर्जीले आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट

काठमाडौं । माबिलुङ इनर्जी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । आईपीओ निष्काशनका लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र माबिलुङबीच सम्झौता भएको हो । माबिलुङ्गग इनर्जीको सर्वसाधारणमा बिक्री गरिने रु. १००/– अंकित दरका रु.१८,९०,५४,०००/- रकम बराबरको १८,९०,५४० कित्ताआईपीओ निष्काशन गर्ने प्रक्रिया शुरु गरेको हो । सम्झौतामा लक्ष्मी क्यापिटलका सीईओ राजीव सापकोटा र माबिलुङका संञ्चालक डेविन श्रेष्ठले हस्ताक्षर गरेका छन् । कम्पनीले संखुवासभा जिल्लाको चैनपुर मादि नगरपालिकामा रहेको ४ं.९५ मेगावाट क्षमताको …

पुरा पढ्नुहॊस »

आईएमई अटोमोटिभ एस्कर्ट्सद्वारा महिलालाई निःशुल्क हेभी इक्यूपमेन्ट अपरेटर तालिम

अमिता लामा सीप विकासले रोजगारी र सशक्तीकरणमा टेवा पुग्ने अध्यक्ष ढकालको भनाइ  काठमाडौं । आईएमई अटोमोटिभ एस्कर्ट्सले महिलाहरुलाई लक्षित गरी निःशुल्क हेभी ईक्यूपमेन्ट अपरेटर ब्याक हो लोडर तालिम सञ्चालन गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले बिहीबारदेखि सुरु भएको उक्त तालिमको उद्घाटन गरेका थिए । कार्यक्रममा अध्यक्ष ढकालले महासंघको अध्यक्षको रुपमा आफूले राखेका पाँचवटा प्राथमिकतामा सीपयुक्त जनशक्ति उत्पादन उच्च प्राथमिकतामा रहेको बताए । …

पुरा पढ्नुहॊस »

नेपाल टेलिकमले विद्युत प्राधिकरणलाई ५० हजार थान इ-सिम दिने

काठमाडाैं । नेपाल टेलिकमले नेपाल विद्युत प्राधिकरणको स्मार्ट मिटरमा प्रयोग गर्नका लागि १ लाख ५० हजार थान इ–सिम उपलब्ध गराउने भएको छ। यस सम्बन्धमा दुई संस्थाबीच बिहीबार एक सम्झौता सम्पन्न भएको छ। सम्झौतापत्रमा नेपाल टेलिकमको तर्फबाट प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी र नेपाल विद्युत प्राधिकरणको तर्फबाट वितरण तथा ग्राहक सेवा निर्देशनालयका निर्देशक अच्युत बाबु घिमिरेले हस्ताक्षर गरेका हुन्। सो अवसरमा प्रमुख व्यावसायिक अधिकृत पहाडीले विद्युत प्राधिकरणसँगको व्यावसायिक सहकार्यका लागि धन्यवाद …

पुरा पढ्नुहॊस »