‘यती एअरलाइन्स वुमेन विथ द विङ्स’मा भाग लिन पोखरा पुगे मिस नेपालका २४ प्रतिस्पर्धी

काठमाडौं । मिस नेपाल २०८० को ‘यती एअरलाइन्स वुमेन विथ द विङ्स’ ट्यालेन्ट सो राउन्ड आज पोखरामा हुँदै छ। सो कार्यक्रमका लागि २४ जना प्रतिस्पर्धीहरु आज पोखरा पुगेका हुन्।

ट्यालेन्ट शोको विजेताले ‘वुमेन विथ द विङ्स’ उपाधि पाउनेछिन्। जसलाई यती एअरलाइन्सले प्रायोजन गरेको छ ।

निर्णायक मण्डलमा नेपाल टुरिजम बोर्डका सीईओ धनञ्जय रेग्मी, यती एअरलाइन्सका प्रमुख व्यापार अधिकृत युवराज विष्ट, पोखरा जेसिसका अध्यक्ष गणेश गिरी, गायक तथा फेसन डिजाइनर शान्ति श्रीस मगर र स्किन आर्टका एमडी स्वप्निल खनाल रहेको आयोजक संस्था हिडन टेजरले जानकारी दिएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सुनको मूल्य आज पनि घट्यो

काठमाडौं । नेपाली बजारमा साताको तेस्रो कारोबार दिन मंगलबार पनि पहेंलो धातु सुनको मूल्य घटेको …

प्रतिकृया दिनुहॊस