‘आइएमई पे’ बाट बीमा नविकरण गर्दा १०० प्रतिशत क्यासब्याक पाइने

काठमाडाैं । ‘आइएमई डिजिटल सोलुसन लिमिटेड’ को ‘आइएमई पे’ बाट अब घरमै बसेर बीमा पोलिसी नविकरण गर्न सकिने भएको छ । आइएमई पेको बीमा सेवाको प्रयोग गरी केही मिनेट मै ग्राहकहरूले आफ्नो बीमा पोलिसी नविकरण गर्न सक्नेछन् ।

सो सेवा अन्तर्गत आइएमई लाइफ, एसियन लाइफ, अजोड इन्स्योरेन्स लगायत अन्य विभिन्न इन्स्योन्स कम्पनीहरूको बीमा पोलिसी नविकरण गर्न मिल्छ । लामो लाइन तथा अन्य झन्झटबाट ग्राहकलाई जोगाइ सजिलै बीमा नविकरण गर्ने उद्देश्यका साथ आइएमई पेबाट सो इन्स्योरेन्स पोलिसीहरूको नविकरण गर्ने सुविधा उपलब्ध गराइएको हो ।

साथै, नयाँ वर्ष २०८० को उपलक्ष्यमा आइएमई पे मार्फत् आफ्नो बीमा पोलिसी नविकरण गर्ने ग्राहकले १०० प्रतिशत क्यासब्याक प्राप्त गर्ने मौका पनि पाउने कम्पनीले बताएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल टेलिकमको आम्दानी घट्यो, नाफा भने वृद्धि

काठमाडौं । नेपाल टेलिकमले चालू आर्थिक वर्ष २०८०/ ०८१ को तेस्रो त्रैमासिकको वित्तीय विवरण सोमबार …

प्रतिकृया दिनुहॊस