उपनिर्वाचनको दिन मनकामना केबलकार बन्द रहने

काठमाडौँ । वैशाख १० गते मनकामना केबलकारको सेवा बन्द रहने भएको छ ।

चितवन क्षेत्र नं २ मा हुन लागेको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा उक्त जिल्लाको कुरिनटारबाट मनकामना जाने केबलकारले सेवा दिँदा भिड बढ्ने र सुरक्षा संवेदनशिल हुने देखिएकाले एक दिन बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिले जनाएको छ ।

उपनिर्वाचनलाई लक्षित गरी केबलकार सेवा बन्द गर्न यसअघि जिल्ला प्रशासन कार्यालय चितवनले आग्रह गरेको थियो । मनकामना केबलकारको बटम स्टेसन चितवनको कुरिनटार क्षेत्र नं २ भित्र पर्छ ।

वैशाख ११ गते देखि भने केबलकार पुन: सञ्चालनमा आउने प्रालिले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सुनको मूल्य आज पनि घट्यो

काठमाडौं । नेपाली बजारमा साताको तेस्रो कारोबार दिन मंगलबार पनि पहेंलो धातु सुनको मूल्य घटेको …

प्रतिकृया दिनुहॊस