माबिलुङ्गग इनर्जीले आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट

काठमाडौं । माबिलुङ इनर्जी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । आईपीओ निष्काशनका लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र माबिलुङबीच सम्झौता भएको हो ।

माबिलुङ्गग इनर्जीको सर्वसाधारणमा बिक्री गरिने रु. १००/– अंकित दरका रु.१८,९०,५४,०००/- रकम बराबरको १८,९०,५४० कित्ताआईपीओ निष्काशन गर्ने प्रक्रिया शुरु गरेको हो । सम्झौतामा लक्ष्मी क्यापिटलका सीईओ राजीव सापकोटा र माबिलुङका संञ्चालक डेविन श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

कम्पनीले संखुवासभा जिल्लाको चैनपुर मादि नगरपालिकामा रहेको ४ं.९५ मेगावाट क्षमताको माथिल्लो पिलुवा खोला ३ जलबिद्युत आयोजनाको ५० प्रतिशत कार्य सम्पन्न गरिसकेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सुनको मूल्य आज पनि घट्यो

काठमाडौं । नेपाली बजारमा साताको तेस्रो कारोबार दिन मंगलबार पनि पहेंलो धातु सुनको मूल्य घटेको …

प्रतिकृया दिनुहॊस