बझाङमा एमालेका भण्डारीलाई शुरुवाती अग्रता

काठमाडौं । बझाङमा प्रदेश सभा १ (क) मा हिजो भएको उपचुनावको मत गणना जारी छ । छविसपाथिभेरा–२ सरस्वती मावि मतदान केन्द्रको चार सय मत गणनामा नेकपा (एमाले) का दमनबहादुर भण्डारीले १५७ मत प्राप्त गरेका छन् ।

यस्तै नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले १३२ मत प्राप्त गरेका छन् । यस्तै नेकपा (एकीकृत समाजवादी) का दिलबहादुर सिंहले ५१, नेकपा (माओवादी केन्द्र) का जनकबहादुर बुढाले ४७ र राष्ट्रिय प्रजातन्त्र पार्टीका किशोर खड्काले एक मत प्राप्त गरेका छन् । अहिले मतगणना चलिरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कांग्रेस नेताहरुसँगको छलफलपछि प्रधानमन्त्रीको राष्ट्रपति पौडेलसँग भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भेट गरेका छन् । आइतबार …

प्रतिकृया दिनुहॊस