आइएमई पे मा पहिलो पल्ट क्युआर भुक्तानी गर्दा २५ क्यासब्याक

काठमाडौं । आइएमई ग्रुप अन्तर्गत “आइएमई डिजिटल सोलुसन लिमिटेड” को ‘आइएमई पे’ ले पहिलो चोटि क्युआर स्क्यान फिचर प्रयोग गर्ने ग्राहकलाई लक्षित गरी नयाँ अभियान सार्वजनिक गरेको छ ।

यस अभियान अन्तर्गत आइएमई पेबाट पहिलो पल्ट क्युआर कोड स्क्यान गरी भुक्तानी गर्ने ग्राहकले रु २५ क्यासब्याक प्राप्त गर्न सक्नेछन्। सो क्यासब्याक ग्राहकहरुलाई क्युआर भुक्तानी गर्न प्रेरित गरी विद्युतीय भुक्तानी गर्न प्रोत्साहन गर्न र वित्तिय साक्षरता प्रदान गर्ने उदेश्य ले सुचारु गरिएको हो ।

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धिधत आइएमई पे मोबाईल वालेट एप एक विद्य’तीय भुक्तानी सेवा प्रदायक हो। नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट्ट विनियमावली–२०७२ बमोजिम आइएमई डिजिटलले दुरसञ्चार सञ्जालको माध्यमबाट मोबाईल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल टेलिकमको आम्दानी घट्यो, नाफा भने वृद्धि

काठमाडौं । नेपाल टेलिकमले चालू आर्थिक वर्ष २०८०/ ०८१ को तेस्रो त्रैमासिकको वित्तीय विवरण सोमबार …

प्रतिकृया दिनुहॊस