प्रभु बैंकले किसानलाई सहुलियत कर्जा दिने

अमिता लामा

काठमाडाैं । प्रभु बैंक लिमिटेड, आर एण्ड डि इन्नोभेटिभ सोलुशन र इनफिकेयर प्रालिबीच किसानहरुलाई सुलभ बित्तिय कर्जा उपलब्ध गराउने विषयमा त्रिपक्षीय सम्झौता भएको छ।

सम्झौता पत्रमा आर एण्ड डि इन्नोभेटिभ सोलुशनकी प्रमुख कार्यकारी अधिकृतसुनिता न्हेम्हाफूकी तथा इनफिकेयर प्रालिका निर्देशक सबिन मानन्धर र बैंकको तर्फबाट प्रमुख व्यापार अधिकृत दिनेश थकालीले हस्ताक्षर गरेका छन्।

किसानहरुलाई सहज ढङ्गले बित्तिय कर्जा उपलब्ध गराउन प्रभु बैंक लिमिटेड, आर एण्ड डि ईन्नोभेटिभ सोलुशन र इनफिकेयर प्रालिबीच त्रिपक्षीय सम्झौता भएको हो। यस साझेदारीको मुख्य उद्देश्य किसानहरूको व्यवसाय विकाश र विस्तारमा केन्द्रित गर्ने रहेको बैंकले जनाएको छ।

साथै, समाजमा उच्चस्तरीय बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्य लिई ३६५ शाखा कार्यालयहरु ७१ एक्स्टेन्सन काउन्टर तथा ३०९ एटीएम सहित फराकिलोे पहुँच रहेको प्रभु बैंक लिमिटेडले उक्त सम्झौता अनुरुप किसानहरुलाई कर्जा उपलब्ध गराउन सहजता प्रदान गर्नेे विश्वास लिएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सुनको मूल्य आज पनि घट्यो

काठमाडौं । नेपाली बजारमा साताको तेस्रो कारोबार दिन मंगलबार पनि पहेंलो धातु सुनको मूल्य घटेको …

प्रतिकृया दिनुहॊस