काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा काठमाडौं महानगरपालिका वडा नं. २६ स्थित ठमेलमा आफ्नो ८७ औं शाखा संचालना ल्याएको छ । बैंकका अध्यक्ष सुिदप आचार्य तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा कारोबार शुभारम्भ गरे । बैंकका संस्थापक कृष्ण आचार्य तथा संचालक चतुराखर अधिकारीले बैंकले द्रुतगतिमा शाखा तथा कारोबार विस्तार गरेकोमा बैंक हरेक दृष्टिले अब्बल बन्नु पर्ने धारणा राखेका थिए । प्रमुख कार्यकारी अधिकृत …
पुरा पढ्नुहॊस »ताप्लेजुङको मेरिङदेनमा एनसीसीको नयाँ शाखा
ताप्लेजुङ । नेपाल क्रेडिट एण्ड कमर्स बैंकले ताप्लेजुङको मेरिङदेन गाउँपालिका २ सानथाक्रामा नयाँ शाखा संचालनमा ल्याएको छ । मेरिङदेन र आसपासका क्षेत्रमा सेवा पुर्याउने उद्देश्यले खोलिएको उक्त शाखाबाट एनसीसी बैंकले प्रवाह गर्ने सम्पूर्ण बैंकिङ्ग सेवाहरु सरल तथा सुलभ रुपमा प्रदान हुने बैंकले जनाएको छ ।
पुरा पढ्नुहॊस »सिद्धार्थ बैंकको २ शाखा र १ शाखारहित बैंकिङ्ग सेवा संचालनमा
काठमाडौं । सिद्घार्थ बैंकले दोलखाको चरिकोटमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ भने सोही क्षेत्रमा एक शाखारहित बैंकिङ्ग सेवा पनि संचालनमा ल्याएको छ । त्यसैगरी, बैंकले रामेछापको गोकुलगंगा शाखा पनि संचालनमा ल्याएको छ ।
पुरा पढ्नुहॊस »सांग्रिला बैंकले ल्यायो नयाँ इन्टरनेट बैंकिङ्ग सुविधा
काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकले नयाँ इन्टरनेट बैंकिङ्ग सुविधा ल्याएको छ । पहिलै भएको इन्टरनेट बैंकिङ्ग सुविधामा थप सुविधा सहित अन्तर बैंक रकम ट्रान्सफर (आइबिएफटि), शेडयुल भुक्तानी, चेकबुक व्यवस्थापन, खाताहरुको लिंक, टपअप तथा बिल पेमेन्ट, एकाउन्ट स्टेटमेन्ट, आईपिएस कनेक्ट, रिचार्ड कार्ड, मर्चेन्ट पेमेन्ट जस्ता विभिन्न अन्य सुविधाहरु सहित इन्टरनेट बैंकिङ्गको शुरुवात गरेको हो । नयाँ सुविधा भएको इन्टरनेट बैंकिङ्गबाट ग्राहकहरुले इन्टरनेटको माध्यमबाट विभिन्न सुविधाहरु उपयोग गर्न सक्ने छन् । ग्राहकहरुले …
पुरा पढ्नुहॊस »मुक्तिनाथ विकास बैंकद्धारा व्यवसायिक साक्षरता तालिम सम्पन्न
काठमाडाै ।मुक्तिनाथ विकास बैंकले आफ्ना ग्राहकहरुलाई व्यवसाय सञ्चालन गर्न आवश्यक पर्ने आधारभुत तत्वहरुको बारेमा जानकारी गराउने उद्देश्यले “आजको आवश्यकता, ग्राहकहरुमा व्यवसायिक साक्षरता” भन्ने मुल आशयले एक दिने व्यवसायिक साक्षरता तालिम काठमाण्डौमा सम्पन्न गरेको छ । व्यवसायिक साक्षरता तालिममा व्यवसायको छनोट, व्यवसायिक योजना, बस्तु तथा सेवा, व्यवसाय दर्ता र सञ्चालनमा कानुनी पाटो, बजार व्यस्थापनका तरीकाहरु, बजार ब्यबस्थापनका रणनीतिहरु, बजार योजना, व्यवसायमा लेखा प्रणाली, मुल्य अभिबृद्धि कर, उद्यमशिलता लगायतको विषयबस्तुहरु समावेश गरिएको …
पुरा पढ्नुहॊस »मेगा बैंकमा ४५ जनालाई जागिरको अवसर, असार ६ गतेसम्म अनलाइन आवेदन दिन पाइने
काठमाडौं। मेगा बैंकले ४५ जनाको लागि विज्ञापन खुला गरेको छ। बैंकले उपत्यका भित्र प्रवन्धक तहको एक जना ब्रान्च म्यानेजर माग गरेको हो। त्यस्तै अफिसर तहका लागि ३१ जना कर्मचारी माग गरिएको छ। बैंकले उपत्यका तथा बाहिरका १८ वटा शाखाको लागि ब्रान्च म्यानेजरको जिम्मेवारी दिने गरि कर्मचारी माग गरेको हो। अधिकृत तहमै क्रेडिट डिपार्टमेन्टको लागि ८ जना र शाखाको क्रेडिट विजनेस तर्फ ५ जना कर्मचारी माग गरिएको छ। एसिस्टेन्ट लेभलमा १३ …
पुरा पढ्नुहॊस »इन्फिनिटी लघुवित्तको सेयर रजिष्ट्रार सनराइज क्यापिटल
काठमाडाैा । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेड, गैंडाकोट नपा–२, कालिगण्डकी चोक, नवलपुरको सेयर रजिष्ट्रारसम्बन्धी कार्य गर्नका लागि सनराइज क्यापिटल लिमिटेड, कमलपोखरी, काठमाडौंलाई नियुक्त गरिएको जनाएको छ । उक्त कार्यका लागि कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीणकुमार लामा तथा सनराइज क्यापिटल लिमिटेडका तर्फबाट प्रम्ुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठद्वारा बिहीबार द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर गरिएको पनि संस्थाले जनाएको छ ।
पुरा पढ्नुहॊस »सनराइज बैंक लिमिटेडले मुलपानीमा खोल्यो नयाँ शाखा
काठमाडौँ । सनराइज बैंकले काठमाडौं स्थित मुलपानीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बुधबार आयोजित औपचारिक कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापा र सनराइज बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत आशा राणा अधिकारीले संयुक्त रुपमा उद्घाटन गरे । सो कार्यक्रममा सनराइज बैंकका नायव महाप्रबन्धक अपछकुमार यादव लगायत बैंकका पदाधिकारीहरmको उपस्थिति रहेको थियो । यो समेत गरी शाखा संख्या १०७ वटा पुगेको बैंकले जनाएको छ ।
पुरा पढ्नुहॊस »हिमालयन बैंक पनि अव कनेक्ट आईपीएस ई–पेमेन्ट प्रणालीमा
काठमाडौं । हिमालयन बैंक पनि अव कनेक्ट आईपीएस ई–पेमेन्ट प्रणालीमा आवद्व भएको छ । नेपाल क्लियरिङ हाउसले संचालनमा ल्याएको कनेक्ट आईपीएस ई–पेमेन्ट प्रणालीमा कारोबार गर्ने बैंकहरुमा हिमालयन बैंकलाई पनि उक्त प्रणालीमा आवद्व गराएको छ । अब हिमालयन बैंकका ग्राहकहरुले पनि यस प्रणाली मार्फत आङ्खनो बैंक खाताबाट विभिन्न अनलाईन भुक्तानी कारोबारहरु गर्न सक्नेछन् । यस प्रणालीमा बैंकका ग्राहकले आफूलाई एक पटक आवद्व गरी आफ्नो बैंक खातालाई लिंक गराई यसमा उपलब्ध हुने …
पुरा पढ्नुहॊस »स्याङजाको वालिङमा बैंकर्स क्लव गठन
काठमाडाैँ । स्याङ्जा जिल्लाको वालिङमा कैलाश विकास बैंक लिमिटेडका शाखा प्रबन्धक मोतिलाल कुँवरको अध्यक्षतामा ७ सदस्यीय रहेको बैंकर्स क्लव वालिङको गठन भएको छ । बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीहरुको हक हितको प्रर्बद्धन गर्ने र यस क्षेत्रमा रहेको अस्वस्थ प्रतिस्पर्धालाई अन्त्य गरि स्वस्थ बैंकिङ समाजको निर्माण गर्ने उद्देश्यका साथ वालिङ नगरपालिका अन्तर्गत रहेका बैंक तथा वित्तीय संस्थामा कार्यरत सम्पूर्ण कर्मचारीहरुको प्रतिनिधित्व गर्ने गरि उक्त क्लबको गठन गरिएको हो । उक्त …
पुरा पढ्नुहॊस »