काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले नयाँ बचत खाता ‘बचतपनि बीमापनि” संचालनमा ल्याएको छ । जीवन सुरक्षा(सरल), जीवन सुरक्षा(रजत) तथा जीवन सुरक्षा (स्वर्णिम) गरी थप ३ वटा नयाँ बचत खाताहरु सञ्चालनमा ल्याएको हो । ती खाताहरु खोल्ने ग्राहकलाई जम्मा रु. १६ लाख सम्मको बीमाको व्यवस्था गरिएको बैंकले जनाएको छ । खाताको प्रकृति हेरी दुर्घटना बीमा, औषधि उपचार बीमा तथा घातक रोगको उपचार बीमा सम्बन्धी सुविधाहरु रहेका छन् । खाता खोल्दा …
पुरा पढ्नुहॊस »सिद्धार्थ बैंककाे थप दुई नयाँ शाखा सञ्चालनमा, संख्या १५६ पुग्यो
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले थप दुई नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सिन्धुलीको गोलन्जोर र जुम्लामा गरी दुई शाखाको उद्घाटन गरी सञ्चालनमा ल्याएको हो । बैंकको गोलन्जोर शाखाको उद्घाटन गोलन्जोर गाउँपालिकाका अध्यक्ष पुष्पबहादुर कार्की गरेका छन् । त्यस्तै, जुम्ला शाखाको उद्घाटन चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवाल र जुम्लाजिल्ला समन्वय समितिका अध्यक्ष लालबहादुर सार्कीले संयुक्त रुपमा गरेका हुन् । यससँगै, बैंकको शाखा संख्या ४ एक्स्टेन्सन् काउन्टर सहित १५६ पुगेको …
पुरा पढ्नुहॊस »सिभिल बैंकका ग्राहकलाई ह्याम्स हस्पिटलको उपचारमा छुट
काठमाडौं । सिभिल बैंक लिमिटेडका ग्राहकहरुले ह्याम्स हस्पिटलमा उपचार गराउँदा आकर्षक छुटहरु पाउनेछन् । बैंकले आफ्ना ग्राहकलाई सहुलियत प्रदान गर्ने उद्देश्यले ह्याम्स हस्पिटलसँग सम्झौता गरेको हो । सम्झौता पत्रमा सिभिल बैंककातर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत(सीईओ) सुनिल पोखरेल र ह्याम्स हस्पिटलको तर्फबाट अध्यक्ष आर. यस. भण्डारीले हस्ताक्षर गरेका हुन् ।
पुरा पढ्नुहॊस »नेपाल बङ्गलादेश बैंकद्धारा रक्तदान कार्यक्रम सम्पन्न
काठमाडाैँ । नेपाल बङ्गलादेश बैंक कर्मचारी संघले आफ्नो २५ औं वार्षिकोत्सव २०७६ को अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । नेपाल रेड क्रस सोसाइटीसँगको सहकार्यमा बैंकको प्रधान कार्यालयमा सम्पन्न कार्यक्रममा कर्मचारी तथा बैँकका ग्राहकहरु गरेर जम्मा ११५ जनाले रक्तदान गरेका छन् । रगत अभावलाई ध्यानमा राख्दै कर्मचारी संघले बैंकको वार्षिकोत्सवको दिन हरेक वर्ष रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको छ ।
पुरा पढ्नुहॊस »बिएफआईएनद्धारा भुक्तानी प्रणालीसम्बन्धी दुई दिने तालिम सम्पन्न
काठमाडाैँ । “International Trade Payment and Finance” नामक दुई दिने तालिम सम्पन्न भएको छ । विश्व बजारमा पूँजी परिचालन, भुक्तानीका प्रक्रिया र जोखिमका साथै आन्तरिक व्यापारको भुक्तानी प्रणाली बारे छलफल गर्ने उद्दे्रश्यले बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल (बिएफआईएन)ले तालिम सम्पन्न गरेको हो । तालिमबाट विभिन्न बैंक तथा वित्तीय संस्थाका ४५ जना सहभागी लाभान्वित भएका छन् ।
पुरा पढ्नुहॊस »कामना सेवा विकास बैंकको वित्तीय साक्षरता कार्यक्रम : ११ विद्यालयमा संचालन गरिने
काठमाडाैँ । कामना सेवा विकास बैंकको कुश्मा शाखाले बिद्यालय क्षेत्रलाई केन्द्रित गरी वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ । वरिपरिका ११ विद्यालयमा कार्यक्रम संचालन गर्ने योजना रहेको शाखा प्रबन्धक टंकनाथ लामिछानेले जानकारी दिए । जसअनुसार, आइतबार कुश्मा नगरपालिका ९ स्थित श्री सार्ववनिक माध्यामिक विद्यालयमा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । बैंले बिद्यालय ब्यावस्थापन समितीका पदाधिकारी, शिक्षक तथा विद्यार्थीहरुलाई एकै ठाउँमा राखेर कार्यक्रम संचालन गरेको हो ।
पुरा पढ्नुहॊस »ललितपुर फाइनान्स प्राइम बैंकमा गाभिने
काठमाडाैँ । प्राइम कमर्सियल बैंकले ‘ग’ वर्गको वित्तीय संस्था ललितपुर फाइनान्सलाई प्राप्ति (एक्विजिसन) गर्ने सम्झौता भएको छ। सो सहमतिपत्रमा प्राइम बैंकका सञ्चालक समितिका अध्यक्ष उदयमोहन श्रेष्ठ र ललितपुर फाइनान्सका सञ्चालक समिति अध्यक्ष दिपक महर्जनले हस्ताक्षर गरे। कन्काई विकास बैंक तथा ललितपुर फाइनान्सलाई प्राप्ति पश्चात प्राइम कमर्सियल बैंकको कुल शाखा संख्या ९२ हुनेछ।
पुरा पढ्नुहॊस »प्राइम कमर्सियल बैंकले शेयरधनीहरुलाई १६ प्रतिशत वोनस शेयर दिने
काठमाडौं । प्राइम कमर्सियल बैंकले शेयरधनीहरुलाई १६ प्रतिशत वोनस शेयर दिने निर्णय गर्दै एघारौें बार्षिक साधारण सभा सम्पन्न गरेको छ । बैंकको साधारण सभाले बैंकको संचालक समितिमा सस्थापक समुहमा उदय मोहन श्रेष्ठ, नरेन्द्र बज्राचार्य र राजेन्द्र दास श्रेष्ठ लाई निर्विरोध निर्वाचित गरेको छ । यसैगरी, साधारण शेयर धनीको समुहमा मनोज पौडेल र प्रचण्डमान श्रेष्ठ लाई निर्विरोध निर्वाचित गरेको छ । बैकले आगामी दिनहरुमा पनि बैकको सेवा र शाखाहरुको संजाल बिस्तार …
पुरा पढ्नुहॊस »धनुषाको ढल्केबरमा सिभिल बैंकको ७६ औं शाखा बिस्तार
काठमाडौँ । सिभिल बैंकले धनुषा जिल्लाको ढल्केबरमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन मिथिलानगरपालिकाका मेयर हरिनारायण महतोले गरेका हुन् । उक्त शाखाको उद्घाटन समारोहमा सिभिल बैंक प्रदेश नं २ का प्रदेश प्रमुख दिपककुमार श्रेष्ठ लगायत सो क्षेत्रका राजनीतिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायी र सर्वसाधरणको बाक्लो उपस्थिति थियो । ढल्केबर शाखासहित बैंकको कुल शाखा संख्या ७६ पुगेकोेपनि बैंकले जनाएको छ ।
पुरा पढ्नुहॊस »गण्डकी विकास बैंकद्धारा विपन्न वर्गका विद्यार्थीका लागि सहयोग
काठमाडाैँ । गण्डकी विकास बैंकको कावासोती शाखाले नवलपुर कावासोती न.पा वडा नं. १६ डण्डा स्थित श्री दिपेन्द्र आधारभुत बिद्यालयमा अध्ययनरत विपन्न, असहाय तथा पिछडिएका बालबालिकाहरुका लागि २७ थान झोला, २७ दर्जन कपी, ९ प्याकेट पेन्सील, ३६ प्याकेट पेन तथा ८१ थान नुहाउने साबुन वितरण गरेको छ । बैंकका चितवन सव क्लष्टर प्रमखुसुरज शर्मा र कावासोती शाखा प्रमुख भिष्मचन्द्र उपाध्याय सहितको टिमले सहयोगका सामग्री हस्तान्तरण गरेका हुन् । विद्यालयका सहायक प्र.अ. …
पुरा पढ्नुहॊस »