मेगा बैंकमा ४५ जनालाई जागिरको अवसर, असार ६ गतेसम्म अनलाइन आवेदन दिन पाइने

काठमाडौं। मेगा बैंकले ४५ जनाको लागि विज्ञापन खुला गरेको छ। बैंकले उपत्यका भित्र  प्रवन्धक तहको एक जना ब्रान्च म्यानेजर माग गरेको हो। त्यस्तै अफिसर तहका लागि ३१ जना कर्मचारी माग गरिएको छ।

बैंकले उपत्यका तथा बाहिरका १८ वटा शाखाको लागि ब्रान्च म्यानेजरको जिम्मेवारी दिने गरि कर्मचारी माग गरेको हो। अधिकृत तहमै क्रेडिट डिपार्टमेन्टको लागि ८ जना र शाखाको क्रेडिट विजनेस तर्फ ५ जना कर्मचारी माग गरिएको छ। एसिस्टेन्ट लेभलमा १३ जना कर्मचारी माग गरिएको छ।

इच्छुकले बैंकको वेवसाइटमा मार्फत अनलाइन आवदेन दिन सक्ने छन्। अनलाइनबाटै योग्यता पुगेको नपुगेको जानकारी दिइने बैंकले जनाएको छ। योग्यता पुगेका आवेदकलाई मात्रै अनलाइमार्फत जानकारी दिइने बैंकले जनाएको छ। आवेदकले असार ६ गतेसम्म आवदेन दिन पाउने छन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप