बैंकिङ्ग

सिद्धार्थ बैंकको नयाँ शाखा कार्यालय वेसीशहरमा

काठमाडौं । सिद्घार्थ बैंकको नयाँ शाखा वेसीशहर शाखामा विस्तार भएको छ । उक्त शाखा कार्यलयको उद्घाटन वेसीशहर नगरपालिकाका मेयर गुमानसिंह अर्यालले गरेका हुन् । सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले हालै बैंकले देशभर १४९ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०० शाखारहित बैंकिङ्ग सेवा, १६० एटिएम र १,२०० भन्दा बढी पिओएस् मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंकले नगद रहित कारोवार प्रवद्र्घन गर्न …

पुरा पढ्नुहॊस »

प्रभु बैंकको ५ वटा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा

काठमाडौं । प्रभु बैंकका ५ वटा नयाँ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा आएका छन् । मुस्ताङ्ग र म्याग्दी जिल्लाका विभिन्न स्थानमा ५ वटा नयाँशाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो । बैंकले मुस्ताङ जिल्लाको घरपझोङ गाउँपालिका वडा नं.२ स्थित मार्फा, बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका वडा नं.४ स्थित कागबेनी, थासाङ गाउँपालिका वडा नं. १ स्थित टुकुचेतथा वडा नं. ३ स्थित लेते र म्याग्दी जिल्लाको अन्नपुर्ण गाउँपालिका वडा नंं. ३ स्थित दाना गरी …

पुरा पढ्नुहॊस »

कुमारी बैंकको साधारण सभा बैशाख २६ गते

काठमाडाैँ । कुमारी बैंकको १८ औँ बार्षिक साधारण सभा बैशाख २६ गते हुने भएको छ । चैत २५ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभाको मिति तोकेको हो । उक्त साधारण सभाबाट चुक्ता पूजीको २१.२५ प्रतिशत बोनस शेयर सूचिकृत गर्ने प्रस्ताव पारित गर्ने जनाइएको छ । साथै साधारण सभाको प्रयोजनका लागि बैंकको शेयरधनी दर्ता पुस्तिका बैशाख ६ गतेदेखि २६ गतेसम्म बन्द रहने कम्पनी सचिव नरेन्द्रप्रसाद छत्कुलीले जनाएका छन् ।  

पुरा पढ्नुहॊस »

बारा-पर्साका हावाहुरी पीडितलाई राष्ट्रिय बाणिज्य बैंकको ७५ लाख सहयोग

काठमाडौँ । राष्ट्रिय बाणिज्य बैंकले बारा र पर्साका हावाहुरी पीडितको लागि ७५ लाखको चेक हस्तान्तरण गरेको छ । चैत १७ गते बारा र पर्सा जिल्लाका विभिन्न स्थानमा हावाहुरीको कारण धनजनको क्षति भएकोमा दुःख व्यक्त गर्दै सहयोग हस्तान्तरण गरेको हो । पीडित परिवारहरुलाई राहत पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवि प्रकोप उद्धार कोषमा जम्मा पचहत्तर लाख रुपैयाँको चेक आज एक समारोहका बिच संचालक समितिका अध्यक्ष एवम् सञ्चार तथा सुचना प्रविधि मन्त्रालयका सचिव महेन्द«मान …

पुरा पढ्नुहॊस »

गुराँस र माछापुच्छ्रे बैंकबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स र माछापुच्छ्रे बैंकबीच बैंकास्योरेन्स सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा इन्स्योरेन्सको तर्फबाट सहायक महा प्रबन्धक बालमुकुन्द रुपाखेती र बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरे । यस सम्झोैतापत्र अनुसार  माछापुच्छ्रे बैंकका ग्राहकहरुले बैंकको सबै शाखाबाट यस कम्पनीको जीवन बीमा सम्बन्धि सम्पूर्ण सेवा सहज रुपले लिन सक्नेछन् । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले हाल मात्र नेपालको जीवन बीमा बजारमा नौलो र आकर्षक योजनाहरु प्रस्तुत …

पुरा पढ्नुहॊस »

इन्भेष्टमेण्ट बैंकको नयाँ शाखा पेप्सिकोलामा

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले  आफ्नो  ७९ औं शाखा काठमाडौंको पेप्सिकोला टाउनप्लानिङमा विस्तार भएको छ । काठमाडौं महानगरपालिका वडा नं ३२ सिनामंगल स्थित पेप्सिकोलाको टाउनप्लानिङमा बैंकले शाखा खोलेसँगै ११२ औ एटिएम पनि संचालनमा ल्याइएको छ । बैंकका संचालक प्रजन्यराज भण्डारी, सूर्य प्रकाशलाल श्रेष्ठ, निरन्जनलाल श्रेष्ठ, भुवनेश्वरप्रसाद शाह तथा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे लगायतको उपस्थितिमा शाखा तथा एटिएमको उद्घाटन गरे  । सम्पूर्ण वित्तिय कारोबार हुने यस शाखामा स्थानीय माग …

पुरा पढ्नुहॊस »

नेशनल बैंकिग ईन्स्टिच्यूट र कामना सेवा विकासबीच वित्तीय साक्षरता सम्बन्धी सम्झौता

काठमाडौं ।  नेशनल बैंकिग ईन्स्टिच्यूट  र कामना सेवा विकास बैंकबीच वित्तीय साक्षरता सम्बन्धी सम्झौता भएको छ ।  NBI  को तर्फबाट सहायक महा प्रबन्धक धन थापा र  बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविन बस्नेतले उक्त वित्तीय साक्षरता सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । यस सम्झोैतापत्र अनुसार  NBI ले बनाएको वित्तीय साक्षरता सम्बन्धी मोबाईल एप्को संरचना र सुविधाहरुबारे कामना सेवा विकास बैंकका कर्मचारीहरुलाई विस्तृत जानकारी गराईने छ । बैंकले आफ्ना सञ्जालमा रहेका …

पुरा पढ्नुहॊस »

बाल विकास समाजलाई सिटिजन्स बैंकको आर्थिक सहयोग

काठमाडौं ।  सिटिजन्स   बैंक इन्टरनेसनलले बाल विकास समाजलाई आर्थिक सहयोग गरेको छ । बैंकले करिव २६ वर्ष देखि बाल अधिकारबाट वन्चित भएका नेपाली बालबालिकाहरुको चौतर्फी विकाश गर्ने उद्देश्यका साथ स्थापित बाल विकास समाजलाई १ लाख ५० हजारको आर्थिक सहयोग उपलब्ध गराएको हो । बैंकको केन्द्रिय कार्यालय नारायणहिटी पथमा आयोजित एक कार्यक्रममा बैंकद्वारा सो संस्थालाई १ लाख ५० हजारको चेक हस्तान्तरण गरियो । उक्त रकमबाट १५ जना गरीब तथा जेहन्दार …

पुरा पढ्नुहॊस »

अजोड इन्स्योरेन्स र कामना सेवा बिकास बैंकबीच बीमा सेवा सम्झौता

काठमाडौं । अजोड इन्स्योरेन्स र कामना सेवा बिकास बैंकबीच बीमा सेवा सम्झौता  भएको छ । सम्झौतापत्रमा  बैंकका तर्फबाट  प्रमुख कार्यकारी अधिकृत प्रबिन बस्नेत  र  इन्स्योरेन्सका  तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार कामना सेवा बिकास बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरु बाट बैंकका ग्राहकहरुले अजोड इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सम्बन्धी सेवा सुविधाहरु प्राप्त गर्न सक्नेछन् ।

पुरा पढ्नुहॊस »

हावाहुरी पीडितलाई कृषि विकास बैंकको १५ लाख सहयोग

काठमाडौँ । कृषि विकास बैंकले बारा र पर्साका हवाहुरी पीडित परिवारलाई १५ लाख आर्थिक सहयोग उपलब्ध गराएको छ । चैत्र १७ गतेका दिन वारा/पर्सा जिल्लामा अकस्मात आएको हावाहुरी  सहितको असिनापानीबाट ठूलो धनजनको क्षती भएकोमा दुःख व्यक्त गर्दै नेपाल सरकारद्वारा गठित प्रधानमन्त्री दैविप्रकोप उद्धार कोषमा कृषि विकास बैंकले पन्ध्रलाख रुपैयाँ आर्थिक सहयोग स्वरुप उपलव्ध गराएको जनाएको छ ।

पुरा पढ्नुहॊस »