बैंकिङ्ग

ग्लोबल आइएमई बैंक र सन नेपाल लाइफ इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बैंक र सन नेपाललाइफ इन्स्योरेन्स  कम्पनीबीच संस्थागत अभिकर्ता सम्बन्धि सम्झौता भएको छ ।  उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट सहायक महाप्रबन्धक आरती राणा र  इन्स्योरेन्स  कम्पनीको तर्फबाट प्रमुख बजार व्यवस्थापक राजु केसीले हस्ताक्षर गरे । सहमतिसंगै  ग्लोबल आईएमई बैंकका १३७वटै शाखाहरु मार्फत सन नेपाल लाइफ इन्सुरेन्स कम्पनीको जीवन बीमा योजनाहरु खरिद गर्नुका साथै जीवनबीमा सम्बन्धी सम्पूर्ण सेवाहरु छिटो, छरितो एंव भरपर्दो माध्यमबाट प्राप्त गर्न सकिनेछ ।

पुरा पढ्नुहॊस »

सिभिल बैंकको शाखा लाहान र दुधेमा

काठमाडौँ । सिभिल बैंकले शाखा बिस्तारको क्रममा सिरहाको लाहान र शिवसताक्षी नगरपालिकाको दुधेमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन छुट्टाछुट्टै कार्यक्रमकाबीच लाहान नगरपालिकाका मेयर मुनी साह सुडी र शिवसताक्षी नगरपालिकाको मेयर चन्द्रकुमार शेर्माले गरे ।  

पुरा पढ्नुहॊस »

गरिमा विकास बैंकद्धारा १० विद्यार्थीलाई छात्रवृत्ति प्रदान

काठमाडाैँ । गरिमा विकास बैंक लिमिटेडले मोरङ्ग जिल्लाको सुन्दरहरैचामा अवस्थित सुकुना बहुमुखी क्याम्पसको कक्षा १२, स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत १० जना विद्यार्थीहरुलाई ५० हजार रुपैयाँ छात्रवृत्ति रकम प्रदान गरेको छ । विद्यालयमा आयोजित एक कार्यक्रममा विकास बैंकको धरान क्लष्टरका कर्मचारी सुदीप आचार्यले विद्यार्थीहरुलाई उक्त रकम हस्तान्तरण गरेका हुन् । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत प्रदान गरेको छात्रवृत्तिबाट क्याम्पसमा अध्ययनरत जेहेनदार विद्यार्थीहरुको शैक्षिक विकासमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ …

पुरा पढ्नुहॊस »

इजीलिंक रेमिट्यान्सको सेवा अब अष्ट्रेलियाबाट पनि

काठमाडाैँ । इजीलिंक रेमिट्यान्सले अष्ट्रेलियाबाट आफ्नो सेवा सुरु गरेको छ । इजीलिंक रेमिट्यान्सका ब्राण्ड एम्बासडर रवि लामिछानेको उपस्थितीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत डि.पि. अर्याल, इजीलिंक रेमिट्यान्स अष्ट्रेलियाका प्रबन्ध निर्देशक दिपेन्द्र कार्की र नेपाली समुदायको बाक्लो उपस्थितीका बीच सेवा सुरु गरिएको हो । यसका लागि कम्पनीले अष्ट्रेलियाको सिड्नीमा कार्यालय स्थापना गरेको छ । अहिले अष्ट्रेलियामा १ लाख ५० हजार भन्दा बढी नेपालीहरु रहेको अनुमान गरिएको छ ।

पुरा पढ्नुहॊस »

पोखराका महिलालाई गण्डकी विकास बैंकले दियो सिपमूलक तालिम

काठमाडाैँ । गण्डकी विकास बैंकले पोखरा महानगरपालिका वडा नं. ५ का महिलाहरुको सिप अभिबृद्धि गर्नको लागि ७ दिने निःशुल्क सिपमूलक तालिम सम्पन्न गरेको छ । समापन कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले तालिमबाट प्राप्त सिप र ज्ञानको प्रयोग गरी आत्मनिर्भर र स्वरोजगार बन्न सहभागीहरुलाई आग्रह गरे । यसका लागि आवश्यक परेमा बैंकले वित्तीय सहयोग प्रदान गर्ने उनले बताए । तालिममा सहभागी सम्पूर्ण महिलाहरुलाई प्रमुख कार्यकारी अधिकृत थापा, …

पुरा पढ्नुहॊस »

लुम्बिनी विकास बैंक र भाटभटेनी मनी ट्रान्सफर प्रालिबीच सम्झौता

काठमाडौँ । लुम्बिनी विकास बैंक लि. र भाटभटेनी मनी ट्रान्सफर प्रालिबीच विप्रेषण कारोबार सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार स्वदेश तथा विदेशबाट भाटभटेनी मनी ट्रान्सफर मार्फंत पठाएको पैसा ग्राहकहरmले, लुम्बिनी विकास बैंकको आफूलाई पायक पर्ने बिभिन्न शाखा कार्यालयहरुबाट भुक्तानी लिन सक्ने छन् । सम्झौतामा लुम्बिनी विकास बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी र भाटभटेनी मनी ट्रान्सफर तर्फबाट प्रबन्धक निर्देशक राजनकुमार अमात्यले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।

पुरा पढ्नुहॊस »

कुमारी बैंकको सञ्चालक समिति सर्वसहमतिमा चयन, अमिरप्रताव राणा अध्यक्ष बन्ने निश्चित

काठमाडौं । कुमारी बैंकका सेयरधनीहरुको लागि खुशीको खबर छ । नयाँ सञ्चालक समितिमा सर्वसहमति जुटेको छ । सञ्चालक समितिमा संस्थापक सेयरधनीको तर्फबाट अमिरप्रताव राणा र कृष्णप्रसाद ज्ञवाली निर्विरोध भएका छन् । पब्लिक सेयरधनीबाट महेश पोखरेल र अनुराधा चौधरी सर्वसहमत भएका छन् । बैंकको अध्यक्ष राणा बन्ने लगभग निश्चित भएको छ । चार जना सञ्चालक पदको लागि निर्वाचन हुन लागेकोमा चार जनाको मात्र उम्मेदवारी परेको र उम्मेदवारी दर्ता गर्ने समय सकिएको बैंकका …

पुरा पढ्नुहॊस »

जनरल इन्स्योरेन्स कम्पनी नेपाल र सिद्धार्थ बैंक बीच बिमा सम्झौता

काठमाडौं । जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लि.(जिआईसी नेपाल) र  सिद्धार्थ बैंक लिमिटेड  बीच बिमा सेवा प्रदान गर्ने सम्वन्धी सम्झौता भएको छ । इन्स्योरेन्स तथा बैंक बीच एक कार्यक्रमबीच सो सम्वन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो । बैंकका सहायक महाप्रबन्धक अर्जुन भद्र खनाल र इन्स्योरेन्सका महाप्रबन्धक एस्.के.तमोटले सो सम्वन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । सहमतिसंगै बैंकका ग्राहकले जनरल ईन्स्योरेन्स कम्पनीले प्रदान गर्ने निर्जीवन बिमा सम्वन्धी सेवा सुविधा बैंकका सबै शाखाबाट लिन सक्नेछन …

पुरा पढ्नुहॊस »

एनसीसी बैंक र भाटभटेनी मनी ट्रान्सफरबीच विप्रेषण कारोबार सम्बन्धी सम्झौता

काठमाडौँ ।एनसीसी बैंक र भाटभटेनी मनी ट्रान्सफर प्रालिबीच विप्रेषण कारोबार सम्बन्धी सम्झौता भएको छ ।सम्झौतामा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र भाटभटेनी मनी ट्रान्सफरका तर्फबाट प्रबन्धक निर्देशक राजनकुमार अमात्यले हस्ताक्षर गरे । सम्झौता अनुसार स्वदेश तथा विदेशबाट भाटभटेनी मनी ट्रान्सफर मार्फत पठाएको पैसा एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट बैंकका ग्राहकहरुले आफूलाई पायक पर्ने शाखाबाट भुक्तानी लिन सक्ने छन् ।

पुरा पढ्नुहॊस »

नेपाल एग्रोको सेयर रजिष्ट्रारमा एसबीआई मचेन्ट बैकिङ नियुक्त

काठमाडौं । नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको सेयर रजिष्ट्रारको काम नेपाल एसबीआई मर्चेन्ट बैकिङले सुरु गरेको छ । अब नेपाल एग्रोको सेयर सम्बन्धी अभिलेख राख्ने, नामसारी, दाखिल खारेज गर्ने लगायत सम्पूर्ण कामहरु एसबीआई मर्चेन्टले गर्नेछ । एसबीआईले वैशाख १७ गतेदेखि सेयर रजिष्ट्रारको काम सुरु गरेको हो । नेपाल एग्रोले गत वैशाख ८ देखि ११ गतेसम्म १ लाख ६१ हजार ७७८ कित्ता आइपीओ निष्कासन गरेको थियो ।

पुरा पढ्नुहॊस »