रश्मी

प्रधानमन्त्री देउवा र चिनियाँ राजदूतबीच बालुवाटारमा भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र  चिनियाँ राजदूत होउ यान्छी  बीच बालुवाटारमा भेटवार्ता  भएको छ। शुक्रबार दिउँसो राजदूत यान्छी देउवालाई भेट्न   प्रधानमन्त्री निवास बालुवाटार पुगेकी हुन्। प्रधानमन्त्री देउवाले सामाजिक संञ्जाल मार्फत  राजदूतसँग भेटको   जानकारी दिएका हुन्।

पुरा पढ्नुहॊस »

नुवाकोटको त्रिशुली अस्पतालमा कोरोना सङ्क्रमित महिलाको शल्यक्रियाबाट सुत्केरी गराइयो

काठमाडौँ । नुवाकोटको त्रिशुली अस्पतालमा कोरोना सङ्क्रमित महिलाको शल्यक्रियाबाट सुत्केरी गराइएको छ । ३५ वर्षीया  संक्रमित महिला रसुवाकी रहेकी छिन् । एन्टीजेन र पिसिआर परीक्षण दुवै गर्दा कोरोना पुष्टि भएकी ती महिलालाई अस्पतालमा भर्ना गरिएको थियो । शल्यक्रियामा स्त्री रोग विशेषज्ञ डा. मधुकर दाहाल र डा. रिमा खड्काको समूहले  महिलाको सफल शल्यक्रिया गरि बच्चा निकालिएको हो

पुरा पढ्नुहॊस »

सरकारलाई विश्वासको मत नदिने एमाले स्थायी कमिटीको निर्णय

काठमाडौं । नेकपा एमालेले सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ । अध्यक्ष केपी शर्मा ओलीले आफू पक्षीय नेताको  शुक्रबार ललितपुरमा बसेको स्थायी कमिटी  बैठकले यस्तो निर्णय गरेको हो। आज बसेको एमाले स्थायी कमिटीको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।

पुरा पढ्नुहॊस »

सानिमा लाईफ इन्स्योरेन्स र मानुषी लघुवित्तले पाए आईपीओ निष्कासनको अनुमति

काठमाडौं । दुई कम्पनीलाई आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र  बोर्डको अनुमति दिएको छ ।सानिमा लाईफ इन्स्योरेन्स र मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडलाई आईपीओ निष्कासनको अनुमति दिएको हो। बोर्डले सानिमा लाईफ इन्स्योरेन्सलाई ६० लाख कित्ता र मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडलाई ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्कानका लागि अनुमति दिएको हो ।

पुरा पढ्नुहॊस »

एमाले स्थायी कमिटी बैठक जारी

काठमाडौं । नेकपा (एमाले)को स्थायी कमिटी बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा सुरु भएको छ । स्थायी कमिटी बैठकमा वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपाल पक्षबाट भने कोही पनि सहभागी भएको छैन ।

पुरा पढ्नुहॊस »

लागुऔषध ब्राउसुगर सहित झापाबाट १ जना पक्राउ

झापा । झापाको भद्रपुर नगरपालिका-३ बाट लागुऔषध ब्राउनसुगर सहित १ जना पक्राउ परेका छन् । सिमा प्रहरी चौकी पृथ्वीनगरबाट खटिएको प्रहरी टोलीले झापाको बिर्तामोड नगरपालिका-३ का २२ बर्षीय चन्दन रजकलाई १२ ग्राम ४५० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित बिहिवार देउनिया पुल छेउबाट पक्राउ गरेको हो । पक्राउ परेका रजकको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

पुरा पढ्नुहॊस »

प्रतिनिधिसभाको बैठक श्रावण ३ गते बोलाउन मन्त्रीपरिषदको राष्ट्रपतिसमक्ष सिफारिस

सरकारले यही श्रावण ३ गते दिउँसो ४ बजे प्रतिनिधिसभाको बैठक बोलाउन सिफारिस गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा  आज बसेको मन्त्रीपरिषदको  बैठकले साउन ३ गते बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानून मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी  दिए।

पुरा पढ्नुहॊस »

बिहीबार नेप्से परिसूचक ११ दशमलव ३३ अङ्कले बढ्यो

काठमाण्डाै ।बिहीबार   धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ११ .३३  अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार बिहीबार  नेप्से  ११.३३ अङ्कले बढेर २ हजार ८८३  दशमलव ३८    बिन्दु मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक   ५४१ दशमलव ३१     मा पुगेर रोकिएको छ । स्टकका अनुसार कुल २२३    कम्पनीका ५   करोड ८५  लाख २  हजार १सय ९  कित्ता शेयर ८  अर्ब १४   करोड ३६   लाख …

पुरा पढ्नुहॊस »

एनएमबि सापटी’ सेवा लिने ग्राहकको संख्या एक हजार पुग्यो

काठमाडौं । एनएमबि बैंकले बैंकिङ्ग इतिहासमै पहिलो पटक पूर्ण रुपमा आर्टिफिसियल ईन्टेलिजेन्सद्वारा संचालनमा ल्याएको सरल कर्जा  ‘एनएमबि सापटी’ सेवा लिने ग्राहकको संख्या १,००० पुगेको छ। मोवाईलबाटै आवेदन दिएको ५ मिनेटभित्र प्राप्त गर्न सकिने यो योजना अन्तर्गत रु. ६ करोड भन्दा बढी कर्जा प्रवाह भइसकेको बैंकले जनाएको छ । डिजिटल कर्जामा ग्राहकहरुको खासै पहूँच नदेखिएको अवस्थामा एनएमबिले भने ‘एनएमबि सापटी योजना’मार्फत जनचेतना अभिबृद्धिको साथै स–साना कर्जामा केन्द्रित रहेर ग्राहकहरुलाई डिजिटल कर्जा …

पुरा पढ्नुहॊस »

मोटरसाईकल दुर्घटनामा वडा सदस्यको मृत्यु

ईलाम। इलामको   मार्चेबुङ का  ३६ बर्षीय धन बहादुर राईको मोटरसाईकल दुर्घटनाबाट मृत्यु भएको छ ।बुधबार  दिउसो ४ बजे माङसेबुङ गाँउपालिका  वडा नम्बर-४ का वडा सदस्य समेत रहेका राई कार्यालयबाट मे ८ प ६०४ नम्बरको मोटरसाईकलमा घर तर्फ आउदै गर्दा रतुवा पुल नजिक मोटरसाईकल आफै अनियन्त्रिय भई सेतेभिरबाट अन्दाजी १०० मिटर तल झरी दुर्घटना हुदा उनी गम्भीर घाईते भएका थिए । टाउकोमा चोट लागि गम्भीर घाईते भएका वडा सदस्य राईको बि …

पुरा पढ्नुहॊस »