रश्मी

भीम रावलले गरे प्रतिनिधि सभा सदस्यबाट राजीनामा दिने घोषणा

काठमाण्डाै ।नेकपा एमालेका नेता तथा  सांसद  भीम रावलले प्रतिनिधि सभा सदस्यबाट राजीनामा दिने घोषणा गरेका छन् । शेरबहादुर देउवालाई विश्वासको मत दिनु अघि उनले पदबाटै राजीनामा दिने घोषणा गरेका हुन् ।रावल  अछाम क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित  सांसद हुन् ।

पुरा पढ्नुहॊस »

सुनसरीका दुई छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर दुई जनाको मृत्यु

सुनसरी। सुनसरीका दुई छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । बराहक्षेत्र नगरपालिका-२ का २९ बर्षीय कृष्ण घिमिरेको शनिवार दिउँसो करेन्ट लागेर मृत्यु भएको हो । आफ्नै घर वरीपरी हात्ती रोक्नका लागी लगाईएको फलामको तारमा छुँदा  करेन्ट लागेर घाईते भएका घिमिरेको उपचारको क्रममा बि.पी. कोईराला स्वास्थ्य बिज्ञान प्रतिस्ठान धरानमा मृत्यु भएको हो । त्यस्तै  ईटहरी-१७ का मनोज खत्रीको पनि  करेन्ट लागेर मृत्यु भएको छ । शनिवार साँझ घर …

पुरा पढ्नुहॊस »

आइतबार नेप्से परिसूचक ९७.२१ अङ्कले बढ्यो

काठमाण्डाै ।आइतबार  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ९७.२१ अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार आइतबार  नेप्से  ९७.२१ अङ्कले बढेर २ हजार ९८० दशमलव ६१   बिन्दु मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १९  दशमलव ५५   अङ्कले बढेर   ५६० दशमलव ९६    मा पुगेर रोकिएको छ । स्टकका अनुसार कुल २२१   कम्पनीका २  करोड ८८ लाख ६३    हजार ९३  कित्ता शेयर ११ अर्ब ६३   करोड …

पुरा पढ्नुहॊस »

पाँचथरमा मोटरसाईकल दुर्घटना एकको मृत्यु

पाँचथर ।पाँचथरको कुम्मायक गाउँपालिका-३ तमोर करिडोर सडकखण्डमा शनिवार दिउँसो भएको मोटरसाईकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ । कार्तिकेबाट तेह्रथुम तर्फ जाँदै गरेको को २८ प ६८११ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा चालक म्याङलुङ नगरपालिका-१ का ४५ बर्षीय याम बहादुर लिम्बुको मृत्यु भएको हो ।

पुरा पढ्नुहॊस »

सिटी एक्सप्रेस मनी ट्रान्सफर र साईप्रसको कोरोना पे बीच रेमिटान्स कारोबार सुरु

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर र साईप्रसको ख्यातिप्राप्त कोरोना पे बीच रेमिटान्स कारोबार सुरु भएको छ । साइप्रस, यूके, जर्मनी, डेनमार्क, स्पेन, इटाली र फ्रान्समा रहेका नेपालीहरुले कोरोना पे को सेवा प्रयोग गरी सिटी एक्सप्रेसमार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन  सक्ने सिटी एक्सप्रेस मनी ट्रान्सफरले जनाएको छ । सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट  प्रबन्ध निर्देशक चन्द्र टण्डन र कोरोना पेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत  ग्रेभ कोज्लोभले हस्ताक्षर गरेका छन् …

पुरा पढ्नुहॊस »

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने माओवादी केन्द्रको निर्णय

काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने नेकपा माओवादी केन्द्रले निर्णय गरेको छ। सिंहदरबारमा बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई  विश्वासको मत दिने निर्णय गरेको हो । संसदमा   माओवादी केन्द्रका ४९ सांसद रहेका छन् ।

पुरा पढ्नुहॊस »

कति छ आज सुन चाँदीको मूल्य?

काठमाडौं । नेपाली बजारमा आइतबार  सुनको मूल्य घटेको  छ । छापावाला सुन तोलामा ६००  रुपैयाँले घटेको  हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन  आइतबार  प्रतितोला ९२ हजार ६ ०० रुपैयाँमा कारोबार   भएको छ । आज चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले घटेर १ हजार २९५ रुपैयाँमा झरेको छ।

पुरा पढ्नुहॊस »

माछा मार्ने क्रममा पोखरीमा डुबेर १ जनाको मृत्यु

सुनसरी । सुनसरीको ईटहरी उप-महानगरपालिका-१९ का ७३ बर्षीय शेर बहादुर श्रेष्ठको माछा मार्ने क्रममा पोखरीमा डुबेर मृत्यु भएको छ । शनिवार बिहान आफ्नै पोखरीमा माछा मार्ने क्रममा अचानक सोही पोखरीमा डुबेर बेपत्ता भएका श्रेष्ठलाई प्रहरी चौकी तरहराबाट खटिएको प्रहरी टोलीले राती साँढे ११ बजे मृत अबस्थामा फेला पारेको   थियो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पुरा पढ्नुहॊस »

शुक्रबार थप २ हजार ९ सय ३६ जनामा कोरोना संक्रमण

काठमाडाै । नेपालमा थप २ हजार ९ सय ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार   थप २ हजार ९ सय ३६ जनामा संक्रमण पुष्टि भएको हो । शुक्रबार थप ४३ जनाको मृत्यु भएको छ  भने १७७५जना संक्रमणमुक्त भएका छन् ।

पुरा पढ्नुहॊस »

सिभिल बैंकको उच्च ब्याजदर प्रदान गर्ने गरि २ वटा नयाँ खाता योजना संचालनमा

काठमाडौं । सिभिल बैंक ले उच्च ब्याजदर प्रदान गर्ने गरि २ वटा खाता योजना संचालनमा ल्याएको छ । बैंकले   आर्थिक वर्षको शुरुवात सँगै   ६.०१ प्रतिशत ब्याज दिने गरी  सूपर प्रिमियम बचत खाता र ७.०१ प्रतिशत ब्याज दिने गरि खुत्रुके बचत सञ्चालनमा ल्याएको हो  ।६.०१ प्रतिशत ब्याज पाइने सुपर प्रिमियम बचत खातामा  मेट लाइफसँगको सहकार्यमा बीमा योजनामा  विभिन्न ६ वटा घातक बीमा सुविधा पनि रहेको छ ।  त्यस्तै  खुत्रुके बचत खातामा  …

पुरा पढ्नुहॊस »