काठमाडौं । एनएमबि बैंकले बैंकिङ्ग इतिहासमै पहिलो पटक पूर्ण रुपमा आर्टिफिसियल ईन्टेलिजेन्सद्वारा संचालनमा ल्याएको सरल कर्जा ‘एनएमबि सापटी’ सेवा लिने ग्राहकको संख्या १,००० पुगेको छ। मोवाईलबाटै आवेदन दिएको ५ मिनेटभित्र प्राप्त गर्न सकिने यो योजना अन्तर्गत रु. ६ करोड भन्दा बढी कर्जा प्रवाह भइसकेको बैंकले जनाएको छ ।
डिजिटल कर्जामा ग्राहकहरुको खासै पहूँच नदेखिएको अवस्थामा एनएमबिले भने ‘एनएमबि सापटी योजना’मार्फत जनचेतना अभिबृद्धिको साथै स–साना कर्जामा केन्द्रित रहेर ग्राहकहरुलाई डिजिटल कर्जा प्रवाह गरिरहेको छ । एनएमबि बैंकमा तलव खाता हुने र व्यक्तिगत कर्जा भएका ग्राहकहरुलाई २४ महिना सम्मको लचिलो अवधिसहित क्रमशः रु. १ लाख र रु. २ लाख सम्म २४ औं घण्टा र सातै दिन कर्जा तुरुन्त उपलब्ध गराउँदै आइएको छ ।
तपाईंको प्रतिकृया




