काठमाडौं । नबिल बैंक र डीभी एक्सिलस द्वारा खेती फार्म प्लेटफर्ममा दर्ता भएका किसानहरुका लागि कृषि साधन, मेसिनरी रसायन, तथा अन्य आवश्यकतालाई खरिद गर्न सहज वित्तिय सहयोग प्रदान गर्न सहकार्य भएको छ ।
उक्त्त सम्झौतामा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र डीभी एक्सिलसका निर्देशक देवेश प्रधानले हस्ताक्षर गरेका छन्।
सहकार्यअन्तर्गत खेती एपका माध्यमबाट कृषकहरुलाई डिजिटल कर्जा प्रदान गरिनेछ।
खेती एपमा दर्ता भएका कृषकहरुले एपबाट नबिल बैंकमा कृषि कर्जा आवेदन गर्न सक्नेछन् ।
तपाईंको प्रतिकृया



