सानिमा लाइफद्वारा २० लाख ७० हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले  बीमा दाबी भुक्तानी दिएको छ । कम्पनीले भरतपुर ४, चितवन निवासी लक्ष्मी सापकोटालाई २० लाख ७० हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको हो ।
२०७७ साल चैत २२ गते यस कम्पनीमा प्रथम बीमाशुल्क बापत १ लाख ५७ हजार ४४८ रुपैयाँ बुझाइ १४ वर्ष अवधिका लागि बीमाङ्क २० लाखको बीमा लिएका बीमित टिकाराम सापकोटाको जेठ २२ गते असामयिक निधन भएको थियो । सोही अनुरुप कम्पनीले मृतककी श्रीमतिलाई दाबी रकम दिएको हो ।
बर्दघाट शाखाका शाखा प्रबन्धक ढाकाराम तिम्सिना निज सापकोटा निवासमा पुगेर एक कार्यक्रमका बीच चेक हस्तान्तरण गरेका थिए ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

सानिमा रिलायन्सले १८.३८ प्रतिशत बोनस सेयर दिने

काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले १८.३८ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds