ब्राउन सुगर सहित झापाबाट एक जना पक्राउ

झापा  । झापा गौरादह नगरपालिका १ गौरादह बजारबाट लागूऔषध ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरिएको छ भने एक जना फरार रहेका छन् ।
पक्राउ पर्नेमा सोही स्थानका ३७ बर्षीय कृष्ण कुमार ताजपुरिया रहेका छन् ।
प्रहरीले मे७ प ६७६७ नम्बरको मोटरसाईकलमा सबार रहेका  ताजपुरियालाई चेकजाँच गर्दा लागूऔषध ब्राउन सुगर ६ ग्राम फेला परेको थियो ।
पक्राउ परेका ताजपुरियालाई सोधपुछ गर्दा गौरादह २ का ३९ बर्षीय सुमन कुमार कार्कीबाट खरिद गरेको हो भनि जानकारी गराएका थिए ।
जानकारी पाए पश्चात तत्कालै प्रहरी टोली खटि गई कार्कीको घरकोठा भित्र लागूऔषध ब्राउन सुगर ३० ग्राम फेला पारेको छ ।
सुमन कुमार कार्की भने तत्काल फरार रहेकोले खोजतालस भइरहेको प्रहरीले जनाएको   छ ।
तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री