काठमाडौँ–तराई/मधेस द्रुतमार्गको निर्माण कार्य छिटो बनाउन प्रधानमन्त्री शेरबहादुरको निर्देशन

काठमाडाै । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली सेनाद्वारा निर्माण गर्दै गरेको काठमाडौँ–तराई/मधेस द्रुतमार्गको निर्माण कार्यलाई समन्वय गरेर छिटोभन्दा छिटो कार्य गर्न निर्देशन दिनुुभएको छ ।
प्रधानमन्त्रीले रक्षा मन्त्रालयका निमित्त सचिव आलोकचन्द्र श्रेष्ठ र रथी प्रभुुराम शर्मालाई मङ्गलबार बोलाएर दु्रतमार्गको प्रगतिका बारेमा जानकारी लिएपछि यस्तो निर्देशन दिनुुभएको हो ।

प्रधानमन्त्रीलाई द्रुतमार्गको निर्माण कार्यमा हालसम्म भएका प्रगतिका विषयमा अवगत गराइएको जानकारी प्रधानमन्त्री कार्यालयका उपसचिव बद्री तिवारीले दिनुुभयो ।

#गोरखापत्रबाट

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री