रश्मी

निफ्राको वितरणयोग्य नाफा करिब ६५ करोड ८५ लाखमा सिमित

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले  चौथो त्रैमाससम्मको वित्तीय विवरण शुक्रवार सार्वजनिक गरेको छ । सार्वजनिक  वित्तीय विवरण अनुसार नेपाल इन्फ्रास्ट्रक्चर बैंकको वितरणयोग्य नाफा रू. ६५ करोड ८५ लाख ५२ हजारमा सिमित  भएको छ । यस अवधिसम्म कम्पनीले रू. ८३ करोड ६४ लाख ३२ हजार खुद नाफा गरेको छ । अघिल्लो वर्षभन्दा गत वर्ष कम्पनीको खुद नाफा १ दशमलव २६ प्रतिशतले   कम भएको हो । कम्पनीको जगेडा कोष रकम ४६ दशमलव …

पुरा पढ्नुहॊस »

प्रभु बैंकद्वारा मेसिनबाटै खातामा रकम जम्मा गर्न सकिने सेवा सुरु

प्रभु बैंकले ग्राहकको सुविधालाई मध्यनजर गर्दै नगद जम्मा गर्नका लागि बैंकको नगद काउन्टरमै भौतिक रुपमा उपस्थित हुनुपर्ने बाध्यतालाई अन्त्य गर्दै अब मेसिन क्यास रिसाइकल मेसिन (सीआरएम) बाट आफूले चाहेको बैंक खातामा रकम जम्मा गर्न सकिने सुविधा आज शुक्रबारबाट औपचारिक रुपमा सञ्चालनमा ल्याएको छ। मेसिनबाट बैंक खातामा रकम जम्मा गर्न सकिने सेवा हालका लागि बैंकको बबरमहलस्थित प्रधान कार्यालयबाट प्रवाह भएको छ। यो सेवालाई क्रमशः देशका अन्य स्थानमा विस्तार गर्दै लैजानै बैंकको …

पुरा पढ्नुहॊस »

नेप्सेमा ५ कम्पनीको शेयर सूचीकृत

काठमाडौं ।शुक्रबार नेपाल स्टक एक्सचेञ्जमा पाँच कम्पनीको शेयर सूचीकृत भएको छ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था,  नाडेप लघुवित्त वित्तीय संस्था, रिलायन्स फाइनान्स कम्पनी र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । १२ लाख ५१ हजार ३८ दशमलव ५० कित्ता, मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको १  लाख ४६ हजार ८९ दशमलव १ कित्ता नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको  ३ लाख ६८ हजार कित्ता, …

पुरा पढ्नुहॊस »

मेगा बैंकले माछापालक किसानलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने

काठमाडौं । मेगा बैंक नेपालले बारा जिल्लाका माछापालक किसानलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने भएको छ । सो सम्बन्धि मेगा बैंक, ए एण्ड डी आक्वा बिजनेश प्राइभेट र सुनगाभा माछा कृषि सहकारी संस्थाबीच माछाकृषकहरुलाई अत्याधुनिक बैंकिङ सुविधा र सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने सम्झौता भएको हो । उक्त सम्झौता पत्रमा  बैंकका तर्फबाट   सीईओ अनुपमा खुञ्जेली र सुनगाभा माछा कृषि सहकारी संस्थाका अध्यक्ष शिवहरी आचार्यले हस्ताक्षर गरेका हुन् । यो सम्झौताबाट बारा …

पुरा पढ्नुहॊस »

संरक्षित वन्यजन्तुका आखेटोपहारसहित महिला पक्राउ

काठमाडौं । संरक्षित वन्यजन्तुका आखेटोपहारसहित महिला पक्राउ परिकी छिन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) र शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जबाट वन्यजन्तु तथा वनस्पतिसँग सम्बन्धित अपराध अनुसन्धान र नियन्त्रणका लागि खटिएको टोलीले काठमाडौँको नागार्जुन बस्ने ४५ वर्षीया माइली पुतुवारलाई पक्राउ गरेको हो । विशेष सूचनाका आधारमा खोजीका लागि गएको टोलीले उनलाई पक्राउ गरेको  हो । उनको साथबाट लुकाइ राखेको अवस्थामा संरक्षित वन्यजन्तु जरायोका सिङ दुई थान र सालकको खपटा पनि बरामद …

पुरा पढ्नुहॊस »

सिद्धार्थ क्यापिटलद्वारा २ म्युचुअल फन्डको प्रतिफल घोषणा

काठमाडौं । सिद्धार्थ म्युचुअल फन्डअन्तर्गत सञ्चालित २ वटा योजनाको प्रतिफल घोषणा  गरेको छ । सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–२ र सिद्धार्थ इक्विटी फन्डको प्रतिफल घोषणा गरिएको हो।  दुवै योजनाका इकाइधनीहरुलाई ३०/३० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने घोषणा गरिएको छ। सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–२ का इकाइधनीहरुलाई पनि करसहित ३० प्रतिशतले हुन आउने ३६ करोड र सिद्धार्थ इक्विटी फन्डका इकाइधनीहरुलाई करसहित ३० प्रतिशतले हुन आउने ४५ करोड रुपैयाँ प्रतिफल वितरण गरिनेछ।

पुरा पढ्नुहॊस »

सुनको भाउ घट्यो,तोलाको कति ?

काठमाडाै । नेपाली बजारमा शुक्रबार   सुनको भाउ ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला छापावाला सुन  ९१ हजार ५०० रुपैयाँ र तेजाबी सुन  ९१ हजार  रुपैयाँ कायम भएको छ। आज चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर १ हजार २६५ रुपैयाँ कायम भएको छ।

पुरा पढ्नुहॊस »

अब फिक्स्ड ब्याजदरमा एनएमबि बैंकको घर कर्जा ५ वर्षसम्म एउटै दर

काठमाडाैँ ।एनएमबि बैंकले प्रतिवर्ष ८.५०% फिक्स्ड ब्याजदरमा घर कर्जा प्रवाह गर्ने भएको छ । फिक्स्ड दरबाहेकको घर कर्जाको हकमा भने एनएमबि बैंकले प्रतिवर्ष ७.९९% मै कर्जा प्रदान गर्दै आइरहेको छ। यसरी ग्राहकले डेरा भाडा तिर्ने पैसाले आफ्नै घर खरिद गर्न सकिने सपना पूरा गर्न यस योजनाले सघाउ पुर्याउने विश्वास लिइएको जनाएको छ ।  

पुरा पढ्नुहॊस »

थप ३ हजार ९३८ जनामा कोरोना संक्रमण,३७जनाकाे मृत्यु

काठमाडाै । अाज नेपालमा थप   ३ हजार९३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विहिबार  ३ हजार ९३८जनामा संक्रमण पुष्टि भएको हो। आज थप ३७ जनाको मृत्यु भएको छ भने २०१२ जना संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म संक्रमणमुक्त हुने दर  ९४:०१ प्रतिशत रहेका छ।आज १८हजार ४०८ नमुना  परीक्षण गरिएको थियो।

पुरा पढ्नुहॊस »

बंगलादेशमा विवाह भोजमा चट्याङ पर्दा १६ जनाको मृत्यु

एजेन्सी । बंगलादेशमा एउटा विवाह भोज कार्यक्रमका लागि जाने क्रममा चट्याङ पर्दा सहभागी १६ जनाको मृत्यु भएको छ । सो घटनामा परी बेहुलासहित अरु केही व्यक्ति भने घाइते भएको जनाइएको छ । उत्तरी बङ्गलादेशको शिवगन्जमा रहेको पद्मा नदीमा एउटा डुङ्गाबाट ओर्लिएर बेहुला पक्षका जन्ती बेहुलीको घरतिर जाने क्रममा आँधीवेहरीसहितको वर्षा भएको र उनीहरूमाथि चट्याङ खसेको स्थानीय बासिन्दाले बताएका छन् । एक स्थानीय अधिकारीले बेहुला र बेहुली सुन्दरपुरका बासिन्दा भएको जानकारी …

पुरा पढ्नुहॊस »