पोखराको खुदी ढुंगेपाटनमा नेपाल बंगललादेश बैंकको नवौँ विस्तारित सेवा केन्द्र

काठमाडौं । नेपाल बंगलादेश बैंकले कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नं. ३० खुदी ढुंगेपाटनमा आफ्नो नवौँ विस्तारित सेवा केन्द्र सञ्चालना ल्याइएको छ।वा केन्द्रको औपचारिक उद्घाटन वडा नं. ३० का वडाध्यक्ष श्रीराम पोखरेलले गरे। यस बिस्तारित सेवा केन्द्रले पोखरा २९, ३०, ३१, ३२ तथा ३३ नम्बर वडामा वित्तीय पहुँच पुर्याई हरेक नेपालीको एक बैंक खाता खोल्ने नेपाल सरकारको नीतिलाई सघाउ पुर्याउने उद्देश्यका साथ बैंकले आफ्नो सेवा केन्द्र सञ्चालनमा ल्याएको हो ।

विस्तारित सेवा केन्द्रबाट यस भेगमा छरिएर रहेको पुँजीलाई एकीकृत गर्न सघाउ पुग्नुका साथै विदेशबाट प्राप्त हुने रेमिटान्स सोझै बैंक खातामा जम्मा हुने, चेक क्लियरिङ तथा व्यवसायजन्य कारोबारका लागि अन्यत्र टाढा जान नपर्ने, सामाजिक सुरक्षालगायत नेपाल सरकारबाट बैंकिङ प्रणालीमार्फत प्राप्त हुने सम्पूर्ण सेवा सजिलै प्राप्त गर्ने, शिक्षक एवं कर्मचारीको तलबी खाता सञ्चालन गर्न सहज हुनेलगायतका सुविधा सहजै प्राप्त हुने बैंकले जानकारी गराएको छ।

नेपाल बंगलादेश बैंकले आफ्ना १०० शाखा, ८ एक्सटेन्सन काउन्टर, तथा ८१ वटा एटीएमबाट बैंकिङ सुविधा प्रदान गर्दै आएको छ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

महालक्ष्मी विकास बैंक र एनसिएचएलबीच समझदारी

काठमाडौं । महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउस (एनसिएचएल) ले नेपाल र भारतबीच अन्तर्देशीय …

प्रतिकृया दिनुहॊस

This will auto close after