काठमाडौं ।दुई दशक पछि पुन सत्ता सम्हालेको तालिबानले पुरै अफगानिस्तानमा आम माफी घोषणा गरेको छ।तालिबानले महिलाहरुलाई आफ्नो सरकारमा आउँन आग्रह गरेको छ ।अफगानिस्तानमा तालिबानले सत्ता सम्हाले लगत्तै हिजो राजधानी काबुलमा अन्तराष्ट्रिय विमानस्थल तनावग्रस्त बनेको थियो। तालिबानले काबुल प्रवेश गरे लगत्तै बिभिन्न देशका नागरिकसंगै अफगानिस्तानी हरु पनि अफगानिस्तान छाडेर विदेश जान खोज्दा काबुलको विमानस्थल तनाबग्रस्त बनेको थियो।
इस्लामिक कानुनले दिएसम्मको अधिकार महिलाहरुलाई उपलब्ध गराइने र इस्लामले दिएको अनुमतिकको दायरा भित्र रहेर गतिबिधि खुला गरिने तालिबानी नेताहरुले प्रतिबद्दता जनाए।
पछिल्ला २० बर्षमा अफगानिस्तानको अर्थव्यवस्था ध्वस्त भएको जिकिर गर्दै तालिबान नेताहरुले आफुहरुको पहिलो प्राथमिकता अफ्गानिस्तानको अर्थतन्त्रलाई ट्रयाकमा ल्याउने बताएका छन् ।
तपाईंको प्रतिकृया




