श्वेतगंगा हाइड्रोले आईपिओ निष्काशन गर्ने

काठमाडौं ।श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले आईपिओ निष्काशन गर्ने भएको छ । श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले आईपिओ निष्काशनको लागि निष्काशन तथा बिक्रि प्रबन्धक नियुक्त गरेको छ ।

बिक्रि प्रबन्धक नियुक्ति सम्झौतामा सानिमा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसे र श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडका तर्फबाट कार्यकारी सञ्चालक डा. सुवर्ण दास श्रेष्ठले सम्झौता गरेका छन् ।

कम्पनीले जारी पूँजी १ अर्ब ५१ करोड ३० लाखको ३० प्रतिशतले हुन आउने रकम सड्चालिस करोड उनान्असि लाख बराबरको रु. १०० अंकित दरको ४७,७९,००० कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दा, सर्वसाधारण तथा कर्मचारीलाई जारी गर्न लागेको हो।

कम्पनीले रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिका र ओखलढुङ्गा जिल्लाको लिखु गाउँपालिकाको सिमाना भएर बग्ने लिखु नदीको बहाव सदुपयोग हुने गरी २८.१ मे.वा. क्षमताको तल्लो लिखु जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

हिमालयन हाइड्रो एक्स्पो सुरु, राष्ट्रपतिले गरे उद्घाटन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो एक्स्पो २०२४ उद्घाटन गरेका छन् …

प्रतिकृया दिनुहॊस