काठमाडाेँ । राष्ट्र बैंकले असोज ४ गतेदेखि नयाँ नोटको सटही सुरु गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले नयाँ नोट वितरण हुनेछ । राष्ट्र बैंकले दशैं तिहारका लागि लक्षित गर्दै बजारमा तीन अर्ब ६० करोड रुपैयाँ बराबरको सुकिला (नयाँ) नोट बजारमा पठाएको छ । नयाँ नोट काठमाडौंमा नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालयसहित सात वटै प्रदेशको प्रादेशिक कार्यालय र कमर्सियल बैंकका सबै शाखाहरूबाट उपलब्ध …
पुरा पढ्नुहॊस »माछापुच्छ्रे बैंकमा अब अनलाइनबाटै डिम्याट खाता खोल्न सकिने
काठमाडौं । माछापुच्छ्रे बैंकले अनलाइन मार्फत डिम्याट खाता खोल्न सकिने सुविधा संचालनमा ल्याएको छ । डिम्याट लगायत सेयर आवेदन सम्बन्धि सम्पूर्ण सुविधा प्रदान गर्दै आएको बैंकले अत्याधुनिक प्रविधिको उपयोग गर्दै ग्राहकले जुनसुकै स्थानबाट बैंक नै नगई आवेदन दिन मिल्ने गरी अनलाइनबाट डिम्याट खाता खोल्ने सुविधा ल्याएको हो । बैंकको वेवसाइटमा गएर अनलाइन डिम्याट खाता खोल्न सकिने बैंकले जनाएको छ । माछापुच्छ्रे बैंकमा खाता हुने ग्राहकहरुले बैंकमा नगई सिधै डिम्याट खाता …
पुरा पढ्नुहॊस »आइतबार थप ९ सय ११ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडाै। आज आइतबार नेपालमा थप ९ सय ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार ९ सय ११ जनामा संक्रमण पुष्टि भएको हो । आज थप १३ जनाको मृत्यु भएको छ भने १४२३ जना संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म संक्रमणमुक्त हुने दर ९५ प्रतिशत रहेका छ । आज ११ हजार १८ नमुना परीक्षण गरिएको थियो ।
पुरा पढ्नुहॊस »आइतबार नेप्से परिसूचक ७१अङ्कले बढ्यो
काठमाडौं । आज साताकाे पहिलो दिन आइतबार शेयर बजारमा उच्च अंककाे सुधार देखिएको छ । परिसूचक ७१ दशमलव ७१ दशमलव ४३ अंकले बढेर २ हजार ९ सय ४७ दशमलव ४२ अंकमा पुगेको छ भने उता ‘क’ वर्गका कम्पनीहरूको काराेबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ४३ प्रतिशतले बढेकाे छ । काराेबार रकम ९ अर्ब ४४ कराेड रुपैयाँ नाघेको छ ।
पुरा पढ्नुहॊस »हास्य कलाकार मदनकृष्णको ‘जीवनको पाना’
वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठको स्वर रहेको नयाँ गीत ‘जीवनको पाना’ सार्वजनिक भएको छ । बमकुमार श्रेष्ठको शब्द, सन्तोष श्रेष्ठको संगीत रहेको गीतमा देवेन्द्र नेवाको संगीत संयोजन रहेको छ। भने भिडियोमा मदनकृष्ण, सरोज खनाल, लक्ष्मणप्रसाद अधिकारी र राजेन्द्र कट्टेलको अभिनय रहेको छ ।
पुरा पढ्नुहॊस »ओपोले ल्यायो ‘बडादसैँको लहर ओपोको अफर’
वैश्विकस्तरमै अग्रणी स्मार्ट उपकरण ब्रान्ड ओपोले समस्त नेपालीकोे महान चाड बडादसैँ २०७८ का अवसरमा ‘बडा दसैँको लहर ओपोको अफर’, विशेष उपहार योजनाको घोषणा गरेको छ। यस योजनाअन्तर्गत उपभोक्ताले क्याम्पेन अवधिभर ओपोका स्मार्टफोनलगायत आईओटी उत्पादनहरु खरिद गरी योजनामा सहभागिता जनाई विभिन्न आकर्षक उपहारहरु जित्ने अवसर प्राप्त गर्नेछन्। ग्लोबल कम्पनीका रुपमा ओपोले सधैँ नै स्थानीयकरणमा विश्वास गर्दै आइरहेको छ। नेपाल हाम्रालागि विशेष प्राथमिकता बोकेको बजार हो। यहाँको संस्कृति, परम्परा र विविधतामा रहेको …
पुरा पढ्नुहॊस »बीमा संस्थानले चुक्ता पूँजी दुई अर्ब पुर्याउने
राष्ट्रिय बीमा संस्थानले हालको चुक्ता पूँजी १८ करोड १० लाख २० हजार लाई बढाएर दुई अर्ब रुपैयाँ पुर्याउने भएको छ। संस्थानको ३१ औं सञ्चालक समितिका अध्यक्ष गंगाराम कँडेलले बीमा समितिको निर्देशन अनुसार चुक्ता पूँजी दुई अर्ब रुपैयाँ पुर्याउने बताएका हुन्। बीमा समितिको निर्देशन अनुसार चुक्ता पूँजी दुई अर्ब रुपैयाँ पुर्याउने योजना सहित पूँजी वृद्धि अनुमतिको लागि अर्थमन्त्रालय पठाएको अध्यक्ष कँडेलले जानकारी गराए। हाल कम्पनीको चुक्ता पूँजी १८ करोड १० लाख …
पुरा पढ्नुहॊस »अब खल्तीबाट आफ्नो बैंक खातामा निःशुल्क रकम पठाउन सकिने
खल्ती डिजिटल वालेटले आफ्ना ग्राहकहरुलाई मध्यनजर गर्दै खल्तीबाट बैंक खातामा निःशुल्क रकम ट्रान्सफर गर्न सकिने अफर संचालनमा ल्याएको छ । यस सेवा अन्तर्गत ग्राहकहरुले खल्तीबाट आफ्नो एक बैंक खाता सेभ गरी त्यसमा प्रत्येक अंग्रेजी महिनाको अधिकतम ५ पटक वा रू. ५००० र दैनिक ३ पटक वा रु. ५००० सम्मको रकम निःशुल्क ट्रान्सफर गर्न सक्नेछन् । त्यसै गरी खल्ती बाट खल्तीमा उपलब्ध कुनै पनि बैंकमा रकम ट्रान्सफर गर्ने जोकोहिले रु. ५०% …
पुरा पढ्नुहॊस »प्रभु बैंकको योजना विद्यार्थीका लागि ‘पढ्दै कमाउँदै’
प्रभु बैंकले ‘पढ्दै कमाउँदै’ योजनाअन्तर्गत गुडलक सेभिङ अकाउन्ट खोल्ने विद्यार्थीहरुका लागि विभिन्न अफर ल्याएको छ। यस योजनाअन्तर्गत नयाँ खाता खोल्ने विद्यार्थीका लागि बैंकले १०० रुपैयाँ बोनस उपलब्ध गराउनेछ। त्यस्तै यही योजनाअन्तर्गत नयाँ खाता विद्यार्थीले डिम्याट अकाउन्ट र मेरो सेयर निःशुल्क रुपमा खोल्न पाउनेछन्। ई–बैंकिङ, मोबाइल बैंकिङ र डेबिट कार्ड पनि विद्यार्थी निःशुल्क पाउनेछन्।यस योजनाअन्तर्गत एबीबीएस सेवा निःशुल्क उपलब्ध गराइने बैंकले जनाएको छ। बैंक यो योजना करिब डेढ वर्षदेखि सुरु गरेको हो। …
पुरा पढ्नुहॊस »कुमारी बैंकद्वारा साखुको विद्यालयमा खानेपानी फिल्ट्रेसन प्रणाली जडान
काठमाडौं । कुमारी बैंकले साँखुस्थित उग्रतारा माध्यमिक विद्यालयमा खानेपानी फिल्ट्रेसन प्रणाली जडान गरेको छ। अत्यावश्यक भौतिक पूर्वाधारको अभावमा प्रभावकारी पठनपाठन हुन नसक्ने कुरालाई मध्यनजर गरी, उक्त विद्यालय व्यवस्थापनसँगको समन्वयमा सो फिल्ट्रेसन प्रणाली जडान गरिदिएको बैंकले जनाएको छ ।
पुरा पढ्नुहॊस »