ओपोले ल्यायो ‘बडादसैँको लहर ओपोको अफर’

वैश्विकस्तरमै अग्रणी स्मार्ट उपकरण ब्रान्ड ओपोले समस्त नेपालीकोे महान चाड बडादसैँ २०७८ का अवसरमा ‘बडा दसैँको लहर ओपोको अफर’, विशेष उपहार योजनाको घोषणा गरेको छ।

यस योजनाअन्तर्गत उपभोक्ताले क्याम्पेन अवधिभर ओपोका स्मार्टफोनलगायत आईओटी उत्पादनहरु खरिद गरी योजनामा सहभागिता जनाई विभिन्न आकर्षक उपहारहरु जित्ने अवसर प्राप्त गर्नेछन्।

ग्लोबल कम्पनीका रुपमा ओपोले सधैँ नै स्थानीयकरणमा विश्वास गर्दै आइरहेको छ। नेपाल हाम्रालागि विशेष प्राथमिकता बोकेको बजार हो। यहाँको संस्कृति, परम्परा र विविधतामा रहेको सादापन वास्तवमै प्रेरणादायी छ। स्थानिय महान चाड बडादसैँ, आदर्णिय उपभोक्तासँग खुसी साट्दै मनाउने सोचका साथ हामीले यो योजनाको घोषणा गरेका हौँ’, ओपो नेपालका ब्रान्ड डिरेक्टर पियरसन शेनले भने।

क्याम्पेन अवधिभर कुनैपनि ओपोका उत्पादनको खरिद गरी उपभोक्ताले उपहार योजनामा सहभागिता जनाउन सक्छन्। सहभागिताका लागि उपभोक्तालेoppnepalcampaigns.com मा सीधै लगअन वा क्यूआर कोड स्क्यान गरी क्याम्पेन पेजमा पुगेर त्यहाँ मागिएका जानकारीहरु उपलब्ध गराउनुपर्ने हुन्छ। यसरी सहभागीहरुमध्येबाट हरेक हप्ता लक्की ड्रमार्फत छनोटमा परेका भाग्यशाली विजेताहरुले ओपो एफ१९ प्रो, ओपो एफ१९, ओपो ब्यान्ड, ओपो डब्ल्यू ५१, ओपो डब्ल्यू ११ लगायत अन्य आकर्षक उपहार जित्न सक्नेछन्। विजेताहरुको घोषणा ओपो नेपालको आधिकारिक सामाजिक सञ्जाल पेजहरुमार्फत गरिनेछ।

क्याम्पेन अवधिभर लक्की ड्रमा विजेताका रुपमा छनोटमा नपरेका सहभागीलाई स्वतः अर्को लक्की ड्रका लागि सहभागिताको अवसर प्रदान गरिनेछ।

तसर्थ एकपटक सहभागिता जनाइसकेपछि सहभागीले अन्तिम लक्की ड्रसम्म जित हात पार्ने अवसर प्राप्त गर्नेछन्।

सेप्टेम्बर १२ देखि सञ्चालनमा ल्याइएको यस उपहार योजना आउँदो अक्टोबर १८ सम्म चल्ने कम्पनीले जानकारी दिएको छ।

 

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

अब भाटभटेनी भवनका छतमा विद्युत् प्लान्ट

काठमाडौं । भाटभटेनी सुपरमार्केटका भवनका छतबाट साढे १२ मेगावाटभन्दा बढी बिजुली निकालिने भएको छ । …

प्रतिकृया दिनुहॊस