राष्ट्रिय बीमा संस्थानले हालको चुक्ता पूँजी १८ करोड १० लाख २० हजार लाई बढाएर दुई अर्ब रुपैयाँ पुर्याउने भएको छ। संस्थानको ३१ औं सञ्चालक समितिका अध्यक्ष गंगाराम कँडेलले बीमा समितिको निर्देशन अनुसार चुक्ता पूँजी दुई अर्ब रुपैयाँ पुर्याउने बताएका हुन्।
बीमा समितिको निर्देशन अनुसार चुक्ता पूँजी दुई अर्ब रुपैयाँ पुर्याउने योजना सहित पूँजी वृद्धि अनुमतिको लागि अर्थमन्त्रालय पठाएको अध्यक्ष कँडेलले जानकारी गराए। हाल कम्पनीको चुक्ता पूँजी १८ करोड १० लाख २० हजार रुपैयाँ रहेको छ।
संस्थानले गत आर्थिक वर्ष २०७७/७८ मा ७ अर्ब ५७ करोड १३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। सोही अवधिमा ३ अर्ब १९ करोड ८७ लाख रुपैयाँ दाबी भुक्तानी गरेको संस्थानले जनाएको छ।
प्रतिकृया दिनुहॊस