रश्मी

सिटी एक्सप्रेस र नेपाल पेमेन्ट सोलुसनबीच सम्झौता

काठमाडौं । नेपाल पेमेन्ट सोलुसन प्रा.लि. ले सिटी एक्सप्रेस मनी ट्रान्स्फरसँग सहकार्य गरेर रेमिट्यान्स वालेट ट्रान्सफरका लागि प्लेटफर्म सार्वजनिक गरेको छ । जसका लागि नेपाल पेमेन्ट सोलुसनका चिफ एक्सपेरियन्स अधिकृत प्रताप श्रेष्ठ र सिटी एक्सप्रेसका चिफ बिजनेश अफिसर श्याम लामिछानेले सो सम्झौतामा हस्ताक्षर गरेका हुन् । यसबाट  सेवाग्राहिले रेमिट्यान्सको क्षेत्रमा आफू अनुकुल जहाँकहीँबाट कुनै पनि समय जुनै पनि वालेटमा विद्युतिय रेमिट्यान्स कारोबार गर्नका लागि सहयोग पुर्याउने गर्दछ । यो प्रणालीले …

पुरा पढ्नुहॊस »

गम्भीर रोगका बिरामीलाई मासिक ५ हजार भत्ता

काठमाडौं।  संसदमा बजेट अध्यादेशको प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले  क्यान्सर, मिर्गौला रोग र मेरूदण्ड पक्षघात भएका बिरामीलाई मासिक ५ हजार भत्ता दिने घोषणा  गरेका छन् । २०७४ को आम चुनावको संघारमा  तत्कालीन शेरबहादुर देउवा सरकारले क्यान्सर एवम् मिर्गौलाका गम्भीर रोग भएका र स्पाइनल इन्जुरी भएर प्यारालाइसिस भएकाहरुलाई   मासिक ५ हजार रुपैयाँ भत्ता दिने निर्णय गरेको थियो । पछि ओली सरकारले त्यसलाई खारेज गर्‍यो, जसका कारण जिल्ला स्वास्थ्य कार्यालय …

पुरा पढ्नुहॊस »

शुक्रबार थप १ हजार ११४६ जनामा कोरोना संक्रमण , ९५ प्रतिशत संक्रमणमुक्त

काठमाडाै।शुक्रबार  नेपालमा थप १ हजार ११४६  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार  १ हजार ११४६  जनामा संक्रमण पुष्टि भएको हो । आज थप २१ जनाको मृत्यु भएको छ भने १६६० जना संक्रमणमुक्त भएका छन् । नेपालमा  हालसम्म संक्रमणमुक्त हुने दर  ९५   प्रतिशत रहेका छ । आज १०  हजार ९१६  नमुना परीक्षण गरिएको थियो  ।

पुरा पढ्नुहॊस »

पशुपतिनाथ मन्दिर आजदेखि खुला

काठमाडौं । पशुपतिनाथ मन्दिर शुक्रबारबाट भक्तजनहरुका लागि खुला गरिएको छ । कोरोना सङ्क्रमणका कारण बन्द भएको पशुपतिनाथ मन्दिर शुक्रबारदेखि सर्वसाधारणका लागि खुला हुने भएको छ  । मन्दिरमा दर्शन गर्न जानेहरुले मास्कको अनिवार्य प्रयोग गर्नुपर्ने, भौतिक दूरी कायम गर्नुपर्ने र एकपटकमा २५ जना भक्तालुहरुलाई मात्रै मन्दिर प्रवेश गराइने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

पुरा पढ्नुहॊस »

नबिल बैंकको राष्ट्रिय युवा परिषद् र पञ्चेश्वोर गाउँपालिकासँग सम्झौता

काठमाडौं । नबिल बैंकले  राष्ट्रिय युवा परिषद, पञ्चेश्वोर गाउँपालिका बैतडीसँग त्रिपक्षीय समझदारी गरेको छ । युवा उद्यमशिलता , स्वरोजगार प्रवद्धन  र  आत्मनिर्भर युवा बनाउने उदेश्यका समझदारी गरेको बैंकले जनाएको छ । समझदारी अन्तर्गत सुुदुरपश्चिम प्रदेश, बैतडी जिल्लाको पञ्चेश्वोर गाउँपालिकामा स्थानिय युवाहरुलाई उद्यमशिलता विकास र वित्तीय साक्षरताको आधारभूत तालिम प्रदान गरि उद्यमका लागि सक्षम बनाउन र उद्यम परियोजनाका आधारमा वित्तीय पहुँच पुराइ देशभित्रै युवा उद्यम प्रवर्दधन तथा रोजगारी सृजनाद्घारा दिगो आर्थिक …

पुरा पढ्नुहॊस »

मोटरसाईकल  दुर्घटना हुँदा चालकको मृत्यु

सुनसरी  । सुनसरी रामधुनी ६ कान्छिचौक-चतरा सडक खण्डको सुनसरी खोला पुलमा मोटरसाईकल अनिन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु छ भने पछाडी सवार  एक घाईते भएका छन् । मृत्यु हुनेमा मोरङ कानेपोखरी गाऊपालिका ६ का १८ बर्षीय रितिक राई रहेका छन् भने पछाडी सवार सोही स्थानका २१ बर्षीय निरज राईको घोपा धरानमा  उपचार भईरहेको छ ।बिहीबार  राती उत्तर तर्फ जादै गरेको को ३६ प ९५८ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई पुलमा …

पुरा पढ्नुहॊस »

गरिमा विकास बैंकका ग्राहकलाई एभरेष्ट होटलमा विशेष छुट

काठमाडाैं । गरिमा विकास बैंकका ग्राहकले काठमाडौंको नयाँबानेश्वरमा रहेको ‘द एभरेष्ट होटल’ मा १५ प्रतिशसम्म छुट पाउने भएका छन् । उक्त सम्झौता अनुसार गरिमा विकास बैंकका डेविट कार्ड र गरिमा स्मार्ट प्रयोग गरी बिल भुक्तानी गर्ने ग्राहकहरुले ‘द एभरेष्ट होटल’बाट फुड एण्ड वेभरेज र स्पा मेम्बरसीप प्याकेजमा १५ प्रतिशतसम्मकाे छुट पाउने बैंकले जनाएको छ ।

पुरा पढ्नुहॊस »

साधना लघुवित्तको आर्थिक वर्ष ०७७/७८ को वितरणयोग्य मुनाफाबाट २६.३२ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष ०७७/७८ को वितरणयोग्य मुनाफाबाट  २६ दशमलव ३२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको भदौ २४ गतेको  बसेको सञ्चालक समितिको बैठकले  वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ३२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. २५ करोड ६९ लाख ८० हजार ४०० रहेको छ ।सञ्चालक समितिको प्रस्तावित …

पुरा पढ्नुहॊस »

लुम्बिनी विकास बैंक र रेमिट टू नेपालबीच सम्झौता

काठमाडौं । लुम्बिनी विकास बैंक र रेमिट टू नेपालबीच विप्रेषण कारोवार सम्बन्धी सम्झौता भएको छ । सो सम्झौतामा बैंकको तर्फबाट नायवप्रमुखकार्यकारी अधिकृत  उमेश रेग्मी ररेमिट टू नेपालको तर्फबाट महाप्रबन्धक सन्तोष भेटुवालले संयुक्त रुपमा हस्ताक्षर गरे । सम्झौता अनुसार लुम्बिनी रेमिटबाट पठाएको रकम ग्राहकहरुले रेमिट टू नेपालको नेपाल अधिराज्यभरका सम्पुर्ण एजेन्सिहरुमार्फत भुक्तनी लिन सक्नेछन्। साथै स्वदेश तथाविदेशबाट रेमिट टू नेपालमार्फंत पठाएको पैसा ग्राहकहरु,लुम्बिनीविकास बैंकको आफूलाई पायक पर्ने शाखाकार्यालयहरुबाट भुक्तानी लिन सक्ने …

पुरा पढ्नुहॊस »

नबिल ब्यालेन्स्ड फण्डको इकाईका लागि आजदेखि आवेदन खुल्ला

काठमाडौं। नबिल ब्यालेन्स्डफण्डको इकाईका लागि आज देखि आवेदन दिन सकिनेछ। कम्पनीले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याएको हो। निष्काशन गरिएको कुल इकाईमध्ये कुल बिक्री भएको इकाईसंख्याको १५ प्रतिशत वा एक करोड ५० लाख इकाईमध्ये कोष प्रवर्धक नबिल बैंकलाई १४ प्रतिशत वा न्यूनतम १ करोड ४० लाख इकाई सुरक्षित गरिएको छ भने १ प्रतिशत अर्थात १० लाख इकाई योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग …

पुरा पढ्नुहॊस »