सनराइज बैंकको सनराइज पेरोल लोन योजना

काठमाडौं ।सनराइज बैंकले विभिन्न संघ संस्था तथा कार्यालयमा कार्यरत कर्मचारी वर्गलाई लक्षित गरी सनराइज पेरोल लोन योजना ल्याएको छ ।

यस योजना अन्तरगत  बैंकमा सनराइज पेरोल सेभिङ अकाउन्ट भएका कुनै पनि ग्राहकहरुले बिना धितो १५ लाख सम्मको कर्जा लिन सक्नेछन् ।

योजना अनुसार ग्राहकहरुले अधिकतम २४ महिनाको तलब अथवा ५ लाख सम्मको ओभरड्राफ्ट र १० लाखसम्मको टर्म लोन गरी अधिकतम रु १५ लाख सम्मको कर्जा लिन सक्ने छन् ।

कर्जा लिन ग्राहक कुनै पनि संस्थाको कर्मचारी हुनुपर्ने छ । उक्त कर्जा ५ वर्ष सम्मको लागि प्रदान गरिने छ । साथै सन्राइज बैंकले आफ्नो १४ औं वार्षिक उत्सव र दशैंको अवसर पारेर मुद्दती खातामा सर्वाधिक १०.०७ प्रतिशत सम्मको ब्याज दिनेसमेत व्यवस्था गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री